अन्नपूर्ण पोस्ट्को रोड शोमा जोशीले जिते स्मार्ट मोबाइल फोन

अन्नपूर्ण पोस्ट्को रोड शोमा जोशीले जिते स्मार्ट मोबाइल फोन

वीरगन्ज : अन्नपूर्ण पोस्ट् राष्टिय दैनिकले सञ्‍चालन गरेको 'उज्वल भविष्य ,उपहार जितिन्छ अवश्य स्कीम २०७५'  अन्तर्गतको रोड शो कार्यक्रममा माइस्थानका होटल व्यवसायी सुजश जोशीले स्मार्ट माबोइल फोन जितेका छन्।उनले रोड शोको पहिलो दिन बुधबार मोबाइल फोन जितेका हुन्।वीरगन्जमा एक सातासम्म रोड शो सञ्‍चालनमा रहनेछ।

अन्नपूर्ण राष्टिय दैनिकले सञ्‍चालन गरेको 'उज्वल भविष्य ,उपहार जितिन्छ अवश्य स्कीम २०७५' अन्तर्गत बुधबार नै वार्षिक ग्राहक बनेका जोशीलाई प्रदान गरिएको वार्षिक ग्राहक बनेको रसीद नम्बर १३४६१ को स्क्याच कार्डले युमिडिजीको स्मार्ट फोन उपहार पारेको हो।
  

वीरगन्जमा अन्नपूर्ण पोस्ट्को रोड शो र वार्षिक ग्राहक बनाउने कार्यक्रम आगामी मङगलबारसम्म चल्ने सर्कुलेसन एक्जुकेटीभ कपिल ढुङगानाले जानकारी दिए। बुधबार पहिलो दिनको रोड शो कार्यक्रममार्फत १ सय जनालाई वार्षिक ग्राहक बनाइएको उनले बताए। उनले भने, ' हाम्रो रोड शो आगामी मङगलबारसम्म चल्नेछ, यो अवधिमा वीरगन्जमा थप २ सय नयाँ वार्षिक ग्राहक थप्ने लक्ष्य लिएका छौं।

स्किमअन्तर्गत रोड शोमा वर्षिक ग्राहकलाई स्क्याच कार्डबाट न्युनतम आठ सय रुपैयाँ नगददेखि वार्षिक ग्राहकका लागि शुल्कमा शत प्रतिशत छुट , स्मार्ट मोबाइल फोन , साधरण मोबाइल फोन , ३२ इन्चको एलइडी टिभी , भ्याकुम क्लिनर , ग्राण्डेर मिक्स्चर उपहार राखिएको ढुङगानाले जानकारी दिए। 

यस्तै स्किमअन्तर्गत एक थान मोटरसाइकल र ३० लाख रुपैयाँको छात्रवृत्ति उपहार पनि समावेश गरिएको छ। ढुङगानाले भने, 'प्रत्येक महिना देशभरका ग्राहकले काटेको रसिदको नम्बरबाट लक्की ड्र गरी एकजनालाई टिभिएस कम्पनीको एक थान मोटरसाइकल उपहार राखिएको छ। यो स्किम सकिने अन्तिममा भने बम्पर उपहारस्वरुप एकजनालाई ३० लाख बराबरको छात्रवृत्ति पनि उपहारस्वरुप प्रदान गरिनेछ।'      


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.