बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु

बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु

दाङ : चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। बा १२ च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहिबार बिहान ठोक्किएर दुर्घटना भएको हो

मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

यस्तै साेही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहिका निमित्त प्रमुख पुरण मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका स्थानीय खेमराज गौतमले बताए। घाइतेमा राप्तीसोनारी -८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन्।

घाइते दुवैलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा.पुष्प भुषालले बताए। मृतक सबैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.