विवेक समूहले बुझायो हतियार

विवेक समूहले बुझायो हतियार

विराटनगर : तराईमा सशस्त्र भूमिगत गतिविधि गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूह हतियार बुझाएर बिहीबार विराटनगरमा सार्वजनिक भएको छ। 

पछिल्लो समय यो समूह निस्क्रियजस्तै बनेको सुरक्षा रिपोर्ट थियो। जयकृष्ण गोइत नेत्रृत्वको तराई जनतान्त्रिक मुक्ती मोर्चाबाट २०६७ सालमा अलग भएको विवेक समूह जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्धारा गठित राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाएर सार्वजनिक भएको हो।

विवेक समूहमा आवद्ध चारजनाले तीन थान हतियार बुझाउँदै शान्ति प्रक्रियामा आएको घोषणा गरेका हुन्। उनीहरुले दुईवटा कटुवा र एउटा अटोमेटिक पेस्तोल बुझाए। समूहको नेत्रृत्व गर्दै आएका अध्यक्ष विनोदकुमार भनिने विवेक यादव, केन्द्रीय नेताहरु रामु भनिने रामनन्दनकुमार कामैत, चन्द्रशेखर भनिने विनायकुमार यादव र जेपी भनिने जयप्रकाश लिचपुरिया पत्रकार, मानवअधिकारकर्मी र प्रशासनका अधिकारीको रहोवरमा सार्वजनिक भएका हुन्। 

उनीहरुले राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे समक्ष हतियार बुझाएर अब शान्ति प्रक्रियामा आएको घोषणा गरे। हतियार बुझाएर सार्वजनिक हुने कार्यक्रममा वार्ता टोलीका सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी, गृह मन्त्रालयका उपसविच विश्वराज न्यौपाने, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, सशस्त्रका एसपी मनिष थापा, जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठ लगायतको उपस्थिती थियो।

विवेक समूहले बुझाएको हतियार।

संयोजक पाण्डेका अनुसार विवेक समूहसंग सिरहामा वार्ता भएको हो। सरकारी वार्ता टोलीसंग वार्ता भएर सहमतिपछि राजनीतिको मूलधार एवं संविधानको परिधिमा आउने निर्णयका साथ हतियार बुझाइएको समूहका अध्यक्ष विवेक यादवले बताए। 

आफूसँग भएको सबै हतियार तत्काललाई फेला नपरेको जानकारी दिँदै उनले सरकारी वार्ता टोलीसमक्ष सबै हतियार संकलन गरेर बुझाउन पुस ७ गते सम्मको समय मागेका छन्।'हाम्रा कतिपय साथीहरु मारिएका छन्।

उनीहरुले राखेका हतियार कहाँ छन् भन्ने कुराको अहिलेसम्म टुँगो लाग्न सकेको छैन', उनले भने, 'त्यही भएर बाँकी रहेका हतियार संकलन गरेर बुझाउन सरकारी वार्ता टोली समक्ष समय मागेका हौं।अब हामीले सशस्त्र गतिविधि त्यागेर निसशस्त्र हिसाबले राजनीतिको मूलधारमा आएका कारण सरकारबाट पनि सहयोगको अपेक्षा गरेका छौं।'

संयोजक पाण्डेले सशस्त्र संघर्ष त्यागेर शान्ति प्रक्रियामा आएको उक्त समूहलाई पुस ७ गते सम्ममा सबै हतियार बुझाउने गरी समय दिइएको बताए। उनले तराईमा सशस्त्र संघर्षरत भनिएको मध्ये ज्वाला सिंह समूह फेला नपरेको जानकारी दिए । उनले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई पनि वार्ताका लागि पत्राचार गरिसकिएको र उताबाट कुनै औपचारिक निर्णय भने आइनसकेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.