सुदूरपश्चिममा बर्षासँगै हिमपात

सुदूरपश्चिममा बर्षासँगै हिमपात

बझाङ : सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हिमपात भएको छ । बझाङ, बैतडीका उच्च हिमाली क्षेत्रमा बुधबार रातीदेखि बर्षासँगै हिमपात सुरुभएको हो । बिहीबार विहान पनि जिल्लाको उच्चभुभागमा हिमपात भएको छ । अग्ला डाडाकाँडा हिउँले सेताम्मे भएका छन् । साईपाल, सुर्मा, छविसपाथीभेरा, खप्तडछान्ना गाउँपालिका र बुंगोल नगरपालिकाका माथील्लो भेगमा हिमपात भएको छ । हिमपातका कारण चिसो बढेकाले जनजीवन प्रभावित भएको छ।

हिमपातका कारण स्थानीय घर बाहिर निस्कन सकेका छैनन् । घर पालुवा जनावरलाई समेत समस्या भएको साईपाल गाउँपालिकाका बासिन्दा जसबिर बोहराले वताए । लेकाली भेगमा भेडापालन गर्दै आएका किसान झन् समस्यामा परेका छन् । झरी, हिमपातसँगै बादल पनि लागेकाले चिसोका कारण सोलार चार्ज नहुँदा टेलीफोन सेवा पनि अवरुद्ध भएको छ । जिल्लामा सञ्चालित पाँचवटा रेडियो एफएम स्टेशसन सोलारकै कारण बन्द भएका छन् ।

चिसो बढेकाले सुर्मा, साईपाल गाउँपालिका र बुंगोल नगरपालीकाका केहि विद्यालय बन्द गर्नु परेको बुंगोल नगरपालीकाको पार्वती प्राविकी शिक्षिका ज्ञानु भट्टले वताइन् । दुई÷तीन दिनदेखी घाम नलागेकाले नेपाल टेलीकमले बाँता र केदारमा राखेको टावरका सोलारका व्याट्री चार्ज नभएकालेनेटवर्कान समस्या भएको टेलीकम कार्यालयले जनाएको छ।

हिउँदमा पानी परेपछि आकासे पानीको भरमा सिचाई गर्नुपर्ने वाध्यतामा रहेका किसान भने खुसी भएका छन् । थलारा पिखेतका किसान शिबलाल विष्टले एक दुई दिन राम्रोसँग पानी प¥यो भने पाखोमा लगाएको गहुँ सप्रिने बताए । यता सरकारी कार्यालयमा पनि कर्मचारी आगो बालेर चिसो छली रहेका छन् । प्रमुख जिल्ला अधिकार प्रेमसिंह कुँवरले बझाङमा चिसो बढेकाले काम गर्न समस्या भएको जानकारी दिए । जयपृथ्वी राजमार्गको श्रीभावर क्षेत्रमा हिमपात भएपछि जिल्लावाट तराई झर्ने यातायातका साधान पनि समस्यामा परेको यातायात व्यवसायीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.