मेरै पहलमा ललितपुर महानगरपालिका भयो : मुख्यमन्त्री पौडेल

मेरै पहलमा ललितपुर महानगरपालिका भयो : मुख्यमन्त्री पौडेल

ललितपुर : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तत्कालिन ललितपुर उपमहानगरलाई महानगरपालिका बनाउन आफूले ठूलो पहल गरेको दावी गरेका छन् ।

आइतबार ललितपुर नगरपालिका स्थापनाको सय वर्ष पुगेको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका पौडेलले यस्तो बताएका हुन् । ‘ललितपुरलाई महानगरपालिका बनाउने वा नबनाउने कुरामा दुईमत थियो’ पौडेलले भने, ‘ठूलो रुखको सेपमा बसुन्जेल ललितपुर उठ्नै सक्दैन । काठमाडौं र ललितपुरलाई सँगसँगै लैजानुपर्छ भने महानगरपालिका बनाउने निर्णय गरिएको हो ।’

काठमाडौ महानगरपालिकाको छत्रछाँयामा रहुन्जेल ललितपुर उठ्नै नसक्ने भएकाले यस्तो निर्णय गरेको उनको जिकिर थियो । ससाना टुक्रामा विभाजन भइरहँदा मुलुकको उन्नति नहुने भन्दै सिंगो उपत्यकालाई एउटा बनाउँदै त्यसको विकासमा प्रदेश तथा संघीय सरकारले सघाउनुपर्ने सुझाए ।

सबै भन्दा पुरानो नगरपालिकाको रुपमा सन् १९१८ मा स्थापना भएको यस नगरी विभिन्न रुपमा विकसित हुँदै महानगरपालिका बन्न पुगेको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.