विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा

विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकताको लागि छलफल गरिरहेको बताएका छन् ।

दाङको तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा बैद्यले यस्तो बताएका हुन् । नेपालमा सच्चा कम्युनिष्ट पार्टी आवश्यक भएकोले त्यसको निर्माण अभियानमा आफू लागेको उनले बताए ।

त्यसका लागि विप्लव, गोपाल किराँती, मोहनविक्रम लगायत नेतृत्वका कम्युनिष्ट पार्टीसँग छलफल भइरहेको बताए । छलफलको निष्कर्षमा छिट्टै पुगिने पनि उनले बताए ।

‘कुराकानी भइरहेको छ, टुट्न केही सजिलो भए पनि एकता गर्न केही कठिनाइ हुँदो रहेछ,’ उनले भने, ‘तर एकपटक सच्चा कम्युनिस्टहरु एक हुन्छौँ भनेर लागेका छौँ ।’

पूर्वएमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको उनको आरोप थियो । बैद्यले यो एकता सत्ताका लागि मात्रै भएकाले लामो समय नटिक्ने पनि ठोकुवा गरे ।

‘यो एकता सत्ताका लागि मात्रै होे, कम्युनिस्ट एकता होइन,’ उनले भने ‘ लामो समय टिक्दैन ।’ सैद्धान्तिक रुपमा एकता नभइ चुनाव जित्नलाई मात्रै गरिएको उनको भनाइ छ ।

सरकारले नौ महिनासम्म पनि कुनै पनि उदाहरणीय काम गर्न नसकेको भन्दै बैद्यले भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल नथालेको गुनासो गरे ।दुईतिहाइको बलियो सरकार निर्माण हुँदा पनि नौ महिनासम्म केही काम गर्न नसक्नु लाजमर्दो भएको उनको धारणा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.