आगोले जलेर घाइते भएकी चन्द्रकलालाई आर्थिक सहयोग

आगोले जलेर घाइते भएकी चन्द्रकलालाई आर्थिक सहयोग

काठमाडौं : तिहारको बेला आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका लागि समास सेवी युवाले आर्थिक सहयोग गरेका छन्। कीर्तिपुर हस्पिटलमा उपचार गराइरहेकी काठमाडौंकी चन्द्रकला तिवारीको उपचारमा काठमाडौका अजितकुमार भट्टराईको पहलमा आर्थिक सहयोग जुटेको हो। 

चन्द्रकलालाई भट्टराई परिवारको तर्फबाट २२ हजार ५ सय रुपैयाँ प्रदान गरिएको अभियान्ता अजितकुमार भट्टराईले जानकारी दिए। चन्द्रकलालाई गएको तिहारको लक्ष्मीपूजामा भैलो खेल्ने क्रममा दीयोबाट साडीमा आगो सल्किँदा शरीरको पछाडिको भागमा जलेर घाइते भएकी उनी उपचारका क्रममा छन्।

भट्टराई परिवारको तर्फबाट चन्द्रकलाका श्रीमान भुपेन्द्रप्रसाद तिवारीलाई उक्त रकम प्रदान गरिएको हो। तिवारीले उपचारमा सुधार भइरहेको र डाक्टरले अहिलेसम्म १० प्रतिशत मात्रै निको भएको जानकारी गराएको भन्दै सहयोगले ठूलो राहात मिलेको बताए।

आर्थिक अवस्था कमजोर रहेकी चन्द्रकलाको उपचारमा सहयोग आफूले पनि सहयोग गरेको र सहयोग गर्न चाहनेलाई पनि सयोगका लागि भट्टराईले आग्रह गरेका छन्। 

राष्ट्रिय वाणिज्य बैंक, र्कीतिपुर शाखा, खाता नम्बरः ११७००२९०५५१० मा रकम जम्मा गरेर चन्द्रकलाको उपचारमा सहयोग गर्न सकिनेछ।उनका श्रीमान भुपेन्द्र प्रसाद तिवारीको मोबाइल नम्बर ९८६३२०५८१५मा सम्पर्क  गर्न सकिने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.