अटोरिक्सा चालकलाई धम्क्याएर रकम असुल्ने ६ पक्राउ
गुलरिया : प्रहरीले अवैंध रुपमा रकम असुली गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी २६ वर्षीय अटोरिक्सा व्यावसायी रामबहादुर सुनारले दिएको उजुरीका आधारमा रकम असुल्ने समूहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैना पोखरीका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।
ओलीकाअनुसार बढैयाताल गाउँपालिका वडा नम्बर २ सितापुरका ५२ वर्षीय रिमबहादु महतरा, वडा नम्बर ३ का ४० वर्षीय कुमार बराल, ४८ वर्षीय रामबहादुर क्षेत्री, ३१ वर्षीय काविजय मगर, ३७ वर्षीय सोमबहादुर पाण्डे र ३४ वर्षीय अमरबहादुर थापालाई पक्राउ गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गरी उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको छ।पीडितले दिएको निवेदनअनुसार उनीहरुले भोलागौडी-सितापुर सडकखण्डमा अटोरिक्सा चलाएबापत १० हजार रुपैयाँ नदिए रिक्सा तोडफोड गर्ने, ज्यान मार्नेसम्मको धम्की दिएको आधारमा अनुसन्धान गर्दा उनीहरुले विगत २ वर्षदेखि अटो व्यवसायीसँग पैसा असुली गरेको पुष्टि हुन्छ।