कमल थापाको निचोड : प्रधानमन्त्री केपी ओली एक वर्षमै निरीह र लाचार

कमल थापाको निचोड : प्रधानमन्त्री केपी ओली एक वर्षमै निरीह र लाचार

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउनेलाई राज्यले संरक्षण गरेर बढावा दिइरहेको आरोप लगाएका छन् । राप्रपाको प्रदेश नं. ५ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउनेलाई संरक्षण गरेर सरकारले धार्मिक द्वन्द्व निम्त्याउन खोजेको पनि जिकिर गरे । 

‘धर्म परिवर्तन अहिले महारोग भइसकेको छ । योजनाबद्ध र संगठित रुपमा दशौं लाखको संख्यामा धर्म परिवर्तन गराइएको छ’, उनले भने, ‘युनिफिकेसन चर्च जस्तो विवादित संस्थाको कार्यत्रममा सरकारको तामझामयुक्त सहभागिताले धर्म परिवर्तनलाई प्रोत्साहित र संरक्षण गरेको छ ।’ 

उनले केपी ओली नेतृत्वको सरकार वर्ष दिन नपुग्दै असफल भइसकेको पनि दाबी गरे । प्रधानमन्त्री ओलीले गलत प्रवृत्तिविरुद्ध निरीह साबित भएको जिकिर गर्दै उनले भने, ‘केपी जीको नियतमाथि म शंका गर्न चाहन्न । उहाँमा राष्ट्रवादी भावना र केही गरौं भन्ने चाहना छ । तर आज देशको घटनाक्रम हेर्दा ओलीजी पनि निरीह र लाचार भएको देखिन्छ ।’ 

उनले भने, ‘राज्य संयन्त्रले अपराधीहरुलाई संरक्षण गरेकै कारण सुनकाण्ड र निर्मलाको बलात्कारपछि हत्याकाण्ड त्यसै सेलाएर गएको हो । सुनकाण्ड र निर्मला हत्या काण्डमा सरकारमा रहेका व्यक्ति र उनीहरुसँग निकट सम्बन्ध भएकाहरु जेडिन थालेपछि यि सबै विषय सेलाएर गएको प्रष्ट भइसकेको छ ।’ 

फागुन ७ गतेदेखि हिन्दू राज्य पुनःस्थापना लगायतका मागसहित संघर्षमा जाने पनि बताए । त्यसअघि सबै स्थानीय तहमा जनजागरण अभियान, घरदैलो अभियान र मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने पनि थापाको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.