करिब दुई हजार लिटर घरेलु मदिरा नष्ट

करिब दुई हजार लिटर घरेलु मदिरा नष्ट

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगर क्षेत्रबाट बरामद गरेको तयारी घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ। यात्रुबाहक बस, इरिक्सा, टेम्पो तथा साइकलमा राखेर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा एक महिनामा ८५ ग्यालिन घरेलु मदिरा बरामद गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

चन्द्रनिगाहपुर, सन्तपुर, डुमरीयालगायका स्थानबाट मदिरा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। सार्वजनिक सवारी साधन तथा साइकल, मोटरसाइकलमा राखेर चन्द्रनिगाहपुर, डुमरीया, गरुडा , गौरतर्फ लैजान लागेको अवस्थामा करिब दुई हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जानकारी दिए।

प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण नियन्त्रण गर्नका लागि चन्द्रपुर क्षेत्रमा अभियान नै चलाएको छ। त्यस्ता अवैधरुपमा मदिरा उत्पादन गर्ने भट्टीहरु नस्ट समेत गर्दै आएको छ।

मानव स्वास्थ्यमा हानिकारक मदिरा बिक्री वितरणले मानव स्वास्थ्यमा असर गर्नुका साथै समाजमा अपराधिक गतिविधि समेत बढ्ने भएकाले घरेलु मदिरा बिक्रीमा कडाई गर्दै आएको डीएसपी खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.