वायु प्रदूषणले सीमा नाघ्यो

वायु प्रदूषणले सीमा नाघ्यो

काठमाडौं : शनिबारदेखि सोमबारसम्म काठमाडौंको तापक्रम २ डिग्री सेल्सियससम्म झरेको थियो। यसबीचमा पीएम २.५ वायु प्रदूषणको दर २ सय ५७ माइक्रोग्राम पर मिटर क्युबसम्म पुग्यो। यो यस वर्षकै उच्च प्रदूषण भएको वातावरण विभागको तथ्यांक छ।

तापक्रम घट्दो अवस्थामा हुदाँ वायु प्रदूषणले सीमा नाघेको छ। तर त्यसको न्यूनीकरणमा भने सरकार बेखबर छ। वायु प्रदूषण न्यूनीकरण गर्ने तत्काल कुनै कार्यक्रम नभएको वातावरण विभागकी प्रवक्ता सफला श्रेष्ठले बताइन्। यातायात व्यवस्था विभागले मापदण्ड नै तोकेर कालो धूवाँ फाल्ने सवारी सञ्चालनमा रोक लगाउने भनेको थियो। तर त्यो कार्यान्वयन शून्य छ। उपत्यकाको सडकमा गुड्ने १२ लाखभन्दा बढी सवारीसाधन मर्मतबिना चलिरहेका छन्। तिनले पनि प्रदूषण बढाउने सरोकारवालाको भनाइ छ। धूवाँ बाहिर जान नपाउने, काठमाडौं खाल्डो भएकाले दुई हजार आठ सय मिटरभन्दा माथि वायु बग्न नपाउने भएका कारण पनि प्रदूषण बढेको विज्ञ बताउँछन्।

मंगलबार बिहान ९ देखि १० बजेसम्म काठमाडौंको प्रदूषण एक सय ९४ पुगेको थियो। बुधबार बिहान भने एक सय ५६ माइक्रोग्राम परमिटर क्युब पुगेको छ। तापक्रम घट्दै जाँदा उपत्यकाको वायु प्रदूषणको दर बढ्दो देखिएकाले त्यो जोखिमयुक्त भएको हो। सरकारी मापदण्डभन्दा वायुको प्रदूषणदर पाँच गुणासम्म बढेको छ। गत वर्ष प्रधानमन्त्री कार्यालयले वायु प्रदूषण न्यूनीकरण गर्न द्रुत टिम गठन गरेर अनुगमनमा ताकेता गरेको थियो। तर यस वर्ष भने सबै चुप छन्।

समग्र अवस्थालाई दृष्टिगत गर्दा उपत्यकाको वायु चौबीसै घण्टा सास फेर्न लायक नभएको वातवरणविद् र स्वास्थ्यकर्मी बताउँछन्। वायुको गुणस्तरमा सुधार ल्याउन वन तथा वातावरण मन्त्रालय नै चुप लागेर बस्नु गैरजिम्मेवार भएको वातावरणविद् भूषण तुलधारको आरोप छ। तत्काल प्रदूषण न्यूनीकरणका योजना ल्याउनुपर्नेमा उनको जोड छ।

धूलोले मानिसको फोक्सोलगायत संवेदनशील अंगमा असर पुग्ने त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. करवीरनाथ योगीको भनाइ छ। एक वर्षअघि राष्ट्रिय योजना आयोगले कार्यदल गठन गरी वायु प्रदूषण नियन्त्रणका लागि अनुगमन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले तत्काल सडक कालोपत्रे गर्नुपर्ने, सवारी प्रदूषण जाँच प्रभावकारी बनाउनुपर्ने, आकाशेपुल निर्माणलगायत अत्यावश्यक काम गर्न सुझाएको थियो। तर कार्यान्वयन नहुँदा प्रदूषण बढेको हो।

प्रदूषणबाट जोगिन अपनाउनुपर्ने उपाय

मर्निङ वाक नगर्नुहोस्, गर्नै परे सडकभन्दा टाढाको खुला स्थान रोज्नुहोस्।

माक्स लगाएर हिँड्नुहोस्।

बिहान ९ बजेअघि मानिसको चलहपहल बढी हुने क्षेत्रमा ननिस्कनुहोस्।

फोहोर नजलाउनुहोस्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.