उदयपुर सिमेन्टको उत्पादन पूर्ण क्षमतामा

उदयपुर सिमेन्टको उत्पादन पूर्ण क्षमतामा

गाईघाट : मर्मतसम्भार र व्यवस्थापकीय सुधारसँगै मुलुककै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले शतप्रतिशत उत्पादन गर्न सुरु गरेको छ। उत्पादन सुरु गरेको २६ वर्षपछि ‘फुल फेज’मा उत्पादन गरेको हो।

जापान सरकारले स्थापना गरेको उद्योगको क्षमता २४ घण्टामा आठ सय मेट्रिक टन छ। यसअघि दैनिक सात सयदेखि सात सय ६० मेट्रिक टन गर्दै आएको थियो। केही दिनयता आठ सय पाँच मेट्रिक टन उत्पादन गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए।

विद्युत् आपूर्ति र पूर्ण मर्मतपछि क्षमताभन्दा पाँच मेट्रिक टन बढी उत्पादन गरेको उनको भनाइ छ। निरन्तर विद्युत् आपूर्ति र मेसिन मर्मतपछि उद्योगको उत्पादन क्षमता बढ्दै गएको महाप्रबन्धक पौडेलले जानकारी दिएका छन्। २०४९ साल मंसिरदेखि उत्पादन सुरु गरेको उद्योगले यसअघि यति ठूलो परिमाणमा उत्पादन गर्न सकेको थिएन। जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि हालसम्म सबैभन्दा ठूलो परिमाणमा गैडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको उद्योगका नायब महाप्रबन्धक महेश काफ्लेले बताए।

गत कात्तिक महिनामा उद्योगले एक महिना लगाएर मर्मत गरेको थियो। उद्योगको मुख्य भाग मानिने किल्लर (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनः जडान गरिएको उद्योगका मेकानिकल विभागका प्रमुख टीका कुँवरले बताए। उनकाअनुसार धेरै सामान खिइएर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएपछि एक महिना लगाएर मर्मत गरिएको हो।

‘पाँच दशमलव एक मिटर भट्टी (किल्लर) नै चेन्ज गरिएको छ। धेरै पुराना पार्टपूर्जा मर्मत र परिवर्तन गर्नुपर्यो’, उनले भने, ‘उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरी उत्पादनसमेत सुरु गरिएको छ।’ मेकानिकल विभागका अनुसार २४ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको कुलर, ग्राफभेड बेल्ड फिल्टर, एक्स्टेन्सन जोइन्टको १४ ठाउँमा मर्मत गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.