दाङको राप्ती ग्यास उद्योगले पायो गुणस्तर चिन्ह

दाङको राप्ती ग्यास उद्योगले पायो गुणस्तर चिन्ह

दाङ : दाङमा स्थापना भएको राप्ती ग्यास उद्योगले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा पाँच वर्षअघि स्थापना भएको उद्योगले मंसिर १० गते गुणस्तर चिन्ह प्राप्त गरेको हो। 

पश्चिम नेपालमा गुणस्तर चिन्ह पाउने पहिलो उद्योग भएको दावी राप्ती ग्यास उद्योगमा प्रबन्ध निर्देशक खडगबहादुर बुढाथोकीले गरेका छन्। उनले बुटवल प्रश्चिममा गुणस्तर चिन्ह प्राप्त गर्ने राप्ती ग्यास पहिलो भएको बताए।

५ वर्ष अघि स्थापना गरी पश्चिम नेपाललाई सेवा क्षेत्र गराएको ग्यार उद्योगले नेपाल गुणस्तर चिन्ह (एनएस) प्राप्त गरेको छ, बुढाथोकीले भने, 'यो पाउनुका पछाडी सबैको सहयोग र साथ हो।' नेपाल नाप तौल तथा गुणस्तर विभागले मंसिर १० गते नेपाल गुणस्तर चिन्ह सहितको प्रमाणपत्र उद्योगलाई दिएको दाङको घोराहीमा शुक्रवार उद्योगले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

मासिक आठ हजार ग्यास शिलिन्डर उत्पादन गरेर आरम्भ भएको उद्योगले अहिले उद्योगबाट ३५ हजार ग्यास शिलिण्डिर प्रति महिना उत्पादन गरिरहेको उद्योगका प्रबन्ध निर्देशक बुढाथोकीले जानकारी दिए।

उनले अन्य उद्योग भन्दा गुणस्तर, मापदण्ड अनुसारको हुँदा ५ वर्षमा एनएस चिन्ह प्राप्त गरेको भन्दै यसलाई स्थायित्व दिन लागि रहने बताए। बीसौं वर्ष सञ्चालन भएका उद्योगले गुणस्तर चिन्ह पाउन नसकेको भन्दै राज्यको नीतिमा रहँदा राप्ती ग्यासले पाँचै वर्षमा प्राप्त गरेको बताए।

दाङमा ६१ प्रतिशत बजार राप्ती ग्यासले ओगटेको बुढाथोकीको दावी छ। हामीले हाम्रो उत्पादनबाट ६१ प्रतिशत बजार ओगटन सफल भएका छौं, उनले पत्रकार सम्मेलनमा भने आउँदो वर्षसम्म ८० प्रतिशतको लक्ष्य छ।'

बुढाथोकीले उद्योगको क्षेत्र अहिले दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठान, कपिलबस्तु, अर्घाखाँची, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत दैलेख, कालिकोट र जुम्ला रहेको बताए। १ सय २२ डिलरबाट विक्रिवितरण भइरहेको भन्दै सुरक्षा र गुणस्तरमा उद्योग नचुकने बताए।

उद्योगका अध्यक्ष ओमभक्त बुढाथोकीले उद्योगबाट भएको मुनाफाको केही प्रतिशत सामाजिक क्षेत्रमा लगाइने बताए । उद्योगको उत्पादनमा रहेको गुणस्तर र सुरक्षालाई ध्यानमा राखेर हामी अघि बढेका छौ उनले भने, 'राज्यबाट पाउनुपर्ने सुविधा व्यवसायीले सहजरुपमा पाएका छैनन, त्यो भयो भने अझै राम्रोसँग जान सकिन्छ। 

एक करोडको विमा 
राप्ती ग्यास उद्योगले आफ्ना उपभोक्ताका लागि १ करोडको विमा गरेको जनाएको छ। हामीले राम्रा उपभोक्तालाई गुणस्तरीय वस्तु त दिएका छौं नै, त्यसमा पनि आउनसक्ने जोखिमलाई मध्य नजर गरेर एक करोडसम्मको विमा पनि गरेका छौं, निर्देशक बुढाथोकीले भने, 'उद्योगले उत्पादन गरेका प्रत्येक शिलिन्डरमा करोडको विमा छ।'

उनले व्यक्तिको हकमा प्रति व्यक्ति १० लाख, घरको २० लाख, अन्य आकस्मिक क्षतिको सामानको समेत गरेर प्रतिशिलिन्डर एक करोडको विमा रहेको बताए। ग्यास शिलिण्डर पड्केर मानवीय र भौतिक क्षति भएमा बिमा रकम उपलब्ध गराइने बुढाथोकीले बताए।उनले एक घरमा ५ जना परिवार सम्मको विमा १०-१० लाखले गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.