डमरु बनाउने काठ तस्करी गर्ने पक्राउ

डमरु बनाउने काठ तस्करी गर्ने पक्राउ

चन्द्रपुर :  बहुमुल्य प्रजातिको काठ तस्करी गरी डमरु बनाएर बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नपा ३ गैडाटार भएका सार्कीमान स्याङ्गतानलाई डमरु बनाउने काठसहित शुक्रबार पक्राउ गरेको हो।

प्रहरीले स्याङ्गतानको घरमा लुकाएर राखेको अवस्थामा डमरु बनाउन प्रयोग हुने सतिसाल, खयर तथा सान्दान प्रजातिको काठ बरामद गरेको हो। दुई साताअघि वनगस्ती टोलीले जिल्लाको चन्द्रपुरस्थित महादेव डाँडाबाट डमरु बनाउने औजार बरामद गरेको थियो।

पक्राउ परेका व्यक्तिले चन्द्रपुर ५ स्थित बजारटाल नजिकै डमरु बनाउने प्याक्ट्री रहेको बताएका छन्। रौतहटको चुरेक्षेत्र तथा मकवानपुरको बाफल क्षेत्रबाट तस्करी गरेर ल्याएको सतिसाल, खयर, सान्दानको काठबाट डमरु बनाएर बिक्री गर्ने गरेको स्याङ्गतानले बताएका छन्।

काठमाडौंको बौद्धमा एउटा थान डमरुको होलसेल मुल्य २ सय रुपैयाँमा बिक्री हुने उनको भनाइ छ।दुई वर्षअघि पनि अवैधरुपमा काठमाडौं लैजान लागेको डमरु प्रहरीले बरामद गरी वन कार्यालयमा बुझाएको थियो।

विभिन्न समयमा बरामद गरेको डमरु ६ महिनाअघि पनि वन कार्यालयले लिलाम गरेको जनाएको छ।डमरु बनाएर बिक्री गर्ने गिरोह नै जिल्लामा सक्रिय रहेको वन कार्यालयको आशंका छ।

केही दिनअघि महादेव डाँडामा औजार भेटिनु, गैंडाटारमा काठ फेला पर्नु र चन्द्रनिगाहपुरमा बनाउने फर्निचर हुनुले धेरै जनाको संलग्नता हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख बिनोद सिंहको भनाइ छ।

पक्राउ परेका व्यक्तिसँग डमरुको विषयमा थप अनुशन्धान भैरहेको छ।तराई मधेशका जिल्लामा सत्तिसाल, खयर, सान्दान प्रजातीको काठ दुर्लभ मानिन्छ।तस्करले डमरुको आकार बनाएर काठमाडौं लैजान गरेको स्थानीयले यसअघि पनि बताउँदै आएका थिए।

तस्करी गरेको काठ डमरुको आकारमा तयार पार्ने र बोरामा प्याक गरेर चन्दैनिगाहपुर चौक आसपासबाट यात्रुबाहक बस तथा मालवाहक ट्रकमा राखेर काठमाडौं लैजाने गरेको पाइएको थियो।व्यापारीले रौतहटबाट अवैधरुपमा लगेको डमरु चीन तथा थाइल्यान्डसम्म पुर्‍याउने गरेको समेत बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.