‘पार्टीमा सामूहिक भावना हरायो’

‘पार्टीमा सामूहिक भावना हरायो’

काठमाडौं : सरकारको नीति कार्यक्रम, बजेटजस्ता महत्‍वपूर्ण कार्यक्रम बनाउँदा छलफलै नगरेको भनी नेकपा नेताले पार्टी नेतृत्वको आलोचना गरेका छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले पार्टीमा सामूहिक भावना हराउँदै गएको जिकिर गरेका हुन्। सरकारका कमजोरीप्रति आत्मालोचना गर्न नहुने भन्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको भनाइप्रति श्रेष्ठले आपत्ति जनाए। ‘आत्मालोचना गर्नु हुन्न भन्नु सामन्ती सोच हो’, उनले भने, ‘कम्युनिस्टले आत्मालोचनाबाटै छलफल सुरु गर्छ। बुर्जुवाले पनि आत्मालोचना गर्छ र गल्तीलाई स्वीकार गर्छ।’

प्रतिवेदनमा जनताको जनवादलाई न्यूनतम कार्यक्रम भनेर प्रस्ताव गरिएकोमा पनि श्रेष्ठले आपत्ति जनाए। तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको इक्काइसौं शताब्दीको जनवादलाई पार्टीभित्र बहसमा छलफल गर्दै जाने भन्ने विषयमा एकताका बेला सहमति भएको भन्दै उनले अध्यक्षद्वयको प्रतिवेदनमा असन्तुष्टि जनाए।

संसदीय दलका उपनेता सुवास नेम्वाङले ९ महिनाको अवधिमा सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताए। सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि सरकारको बचाउ गरे। स्थायी कमिटी सदस्य मणि थापाले सरकारका कार्यशैलीको आलोचना गरे।

एसिया प्यासिफिक समिटको आलोचना

संसदीय दलका उपनेता नेम्वाङले विवादास्पद एसिया प्यासिफिक समिटमा सरकार र संसदको लोगो प्रयोग हुनु गलत भएको टिप्पणी गरेका थिए। उनले आगामी दिनमा यस्ता कार्यक्रम गर्दा सरकार र पार्टीले ध्यान दिनुपर्ने सुझाव स्थायी कमिटि बैठकमा राखेका थिए। ४५ सदस्यीय स्थायी समितिमा ४१ जनाले धारणा राखिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.