न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्छ : वरिष्ठ न्यायाधीश मल्ल

न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्छ : वरिष्ठ न्यायाधीश मल्ल
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्ने बताएकी छन्।

शनिबार विराटनगरमा आयोजना गरिएको दुई दिने महिला कानुन व्यवसायीहरूको ३१औं राष्ट्रिय सम्मेलनमा मल्लले न्यायपरिषदको संरचनालाई राजनीतिमुक्त बनाउन सकिए न्यायाधीश नियुक्ति सजिलो र सहज हुने बताइन्। 

न्यायपरिषदले निष्पक्ष र स्वतन्त्र भएर न्यायाधीशको नियुक्ति गर्ने गरेको भन्दै उनले बार र बेञ्चबीचको विवाद उचित नभएको धारणा राखिन्। मल्लले मेलमिलापलाई प्रभावकारी रूपमा लैजाने सर्वोच्च अदालतको रणनीतिक योजना रहेको जानकारी दिइन्।

त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले जनताको न्यायलाई सुनिश्चित गर्न बार र बेन्चबीच सहकार्य हुनुपर्ने धारणा राखिन्। नेपाल बार एशोसिएशन महिला समितिले आयोजना गरेको सो सम्मेलनमा मुलुकभरका ७७ जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरूको सहभागी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.