फिल्ममा बर्सेनि डुब्छ आधा अर्ब

फिल्ममा बर्सेनि डुब्छ आधा अर्ब

काठमाडौं  : नेपाली फिल्ममा लगानी बढेको छ । बर्सेनि बन्ने फिल्मको संख्या सय हाराहारी पुगेको छ । तर, नाफा ?        अहँ, छैन । बरु हरेक वर्ष आधा अर्बभन्दा बढी रुपैयाँ डुबिरहेको छ ।

फिल्म निर्माणमा वार्षिक एकदेखि डेढ अर्बको लगानी हुन्छ । तर निर्माण भएका पाँचदेखि सात प्रतिशत चलचित्रले मात्रै लगानी सुरक्षित गर्छन् ।

०७५ सालको आठ महिना अवधिमा प्रदर्शनमा आएका ६५ चलचित्रमध्ये पाँच प्रतिशतले मात्र लगानी जोगाए । तीन प्रतिशतले लगानीको थोरै गुणा नाफा कमाए । नाफा कमाउने केही प्रतिशत फिल्मको ‘चार्म’ देखेर लगानी दिनदिनै बढ्दै गएको छ । अघिल्ला वर्षहरूमा भन्दा पनि यस वर्ष फिल्म फ्लप हुने क्रम अत्यधिक देखियो ।

वैशाख ७ गते रिलिज भएको वर्षको पहिलो फिल्म ‘स्वर्ग मेरो गाउँ’देखि मंसिर २८ गते प्रदर्शनमा आएका ‘सु       श्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’सम्म आइपुग्दा ६५ फिल्म रिलिज भए । तीमध्ये ‘छक्का पन्जा-३’ सर्वाधिक कमाउने फिल्म बन्यो । यसले अहिलेसम्म १७ करोड रुपैयाँभन्दा माथि कलेक्सन गरेको छ भने अहिले पनि केही हलमा प्रदर्शनरत छ ।

‘नाइँ नभन्नु ल-५’, ‘रामकहानी’, ‘इन्टु मिन्टु लन्डनमा’, ‘जय भोले’, ‘चंगा चेट’लगायत केही फिल्मले नाफा कमाए । ‘प्रसाद’ले प्रदर्शनको आकर्षक सुरुआत गरेको छ । यसबीचमा निर्मित प्रायः सबै फिल्मको लगानी एक करोड रुपैयाँ र त्योभन्दा माथि छ । ‘इन्टु मिन्टु’ले त आफ्नो फिल्मको लगानी तीन करोड रुपैयाँभन्दा माथि रहेको जनाएको छ ।

कलाकारको बढ्दो पारि       श्रमिक र विदेशमा छायांकन गर्ने होडबाजीका कारण फिल्मको बजेट वृद्धि भएको हो । बजेट बढे पनि फिल्मको बजार विस्तार हुन नसक्दा व्यापारघाटा अत्यधिक देखिएको हो ।

‘नेपाली फिल्म रिलिज गर्नै गाह्रो छ । हलवालाहरू नेपाली फिल्म प्रदर्शन गर्नै मान्दैनन् । झन् मल्टिप्लेक्सहरूले त सो नै दिँदैनन्’, अघिल्लो महिना रिलिज भएको फिल्म ‘गुनगुन’का निर्माता तथा निर्देशक पुकार भट्टराई भन्छन्, ‘मेरो फिल्म चल्दाचल्दै उतारियो । अनि कसरी निर्माता सुरक्षित हुन्छन् ?        विदेशी फिल्मलाई रेड कार्पेट ओछ्याइन्छ, नेपाली फिल्म चल्नै दिँदैनन् ।’

निर्माताहरू नेपाली फिल्मको लगानी डुब्नुको अधिकांश दोष हलवालालाई दिन्छन् । तर, वितरक सुनील मानन्धर भन्छन्, ‘फिल्ममा लगानी मात्रै गर्ने तर कन्टेन्टमा ध्यान नदिने प्रवृत्तिले यस्तो अवस्था आएको हो । यहाँ निर्माताले आफ्नो फिल्मले यति कमायो, उति कमायो भनेर गर्ने गरेको चर्चा हल्ला मात्रै हो । स्थिति धेरै नाजुक छ । पाँचसात प्रतिशत फिल्मले मात्रै कमाउँछन्, बाँकी सबै डुब्ने हो ।’

नेपाली फिल्ममा विदेशमा रहेका नेपालीले लगानी गर्न थालेपछि पनि बजेट बढ्दै गएको मानिन्छ । बजारको आकलनै नगरी कलाकारको पारि       श्रमिक बढाइन्छ । प्रदीप खड्का, अनमोल केसीलगायत अभिनेता प्रतिफिल्म ३० देखि ५० लाख रुपैयाँसम्म अफर गर्न थालेका छन्, जुन रकम केही वर्षअघिसम्म पूरै फिल्मको बजेट हुन्थ्यो ।

अभिनेत्री साम्राज्ञी नामै तय नभएको एउटा फिल्मका लागि १५ लाख रुपैयाँमा अनुबन्धित भइन् । हाल छायांकनमा रहेको फिल्म ‘पासवर्ड’को एउटा आइटम गीतका लागि बलिउड अभिनेत्री सन्नी लियोनले तीन करोड रुपैयाँ लिइन् । लन्डनमा छायांकन भइरहेको यो फिल्मको बजेट सात करोड रुपैयाँभन्दा माथि हुने बताइएको छ ।

गत वर्ष रिलिज भएका ८३ चलचित्रमध्ये १० प्रतिशतले नाफा कमाएका थिए । तिनमा २० प्रतिशतले लगानी उठाए । बाँकी सबैले आफ्नो फिल्म असफल हुनुको दोष हलवाला, कलाकार, वितरकलगायतलाई लगाउँदै आफैलाई सान्त्वना दिए ।

२०७४ वैशाख १ गते दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’ रिलिज भएको थियो । वर्षको अन्तिम दिन चैत ३० गते मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ र देवकुमार        श्रेष्ठ निर्देशित ‘नेप्टे’ रिलिज भए । यो वर्ष सर्वाधिक कमाउने फिल्ममा ‘छक्कापञ्जा-२’, ‘शत्रुगते’, ‘कृ’, ‘ए मेरो हजुर-२’ लगायत रहे । सिक्वेल फिल्मको क्रम चलिरहेकै बेला आएको ‘छक्कापञ्जा-२’ले बक्स अफिसमा राम्रो कलेक्सन गर्‍यो । छिटो कलेक्सनको हिसाबले यसले अघिल्लो फिल्मलाई उछिन्यो । यो फिल्म एक करोड ५० लाख रुपैयाँमा निर्माण भएको हो ।

यसैगरी धेरै कमाउने अर्को फिल्म बन्यो, मह सञ्चारको ‘शत्रुगते’ । एक करोड ५० लाख रुपैयाँ लागतमा बनेको चलचित्रले रामै्र कमायो । यस्तै भुवन केसी र सुवास गिरीले निर्माण गरेको ‘कृ’मा दुई करोडभन्दा बढी खर्च भएको थियो तर यसले अपेक्षाकृत व्यापार गरेन ।

२०७३ सालभित्र एक सय ६० फिल्म निर्माणका लागि चलचित्र विकास बोर्डमा दर्ता भए पनि २०७४ मा ८३ फिल्म मात्र रिलिज भए । रिलिज भएका धेरै फिल्मले १० देखि ५० प्रतिशत मात्रै लगानी सुरक्षित गर्न सके । औंलामा गन्न सकिने केही फिल्मले लगानीको दुईतीन गुणासम्म नाफा कमाए । स्वदेशी सामान्य बजारले धान्न नसक्ने बजेट र विदेशी बजार उपयोग गर्न नसक्दा धेरै निर्माताको लगानी डुबेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.