खम्बुवानले बुझायो हतियार

खम्बुवानले बुझायो हतियार

इटहरी : खम्बुवान मुक्ति मोर्चा (संयुक्त)ले शनिबार हतियार बिसाएको छ। उसले राजनीतिक वार्ता टोलीलाई हतियार बुझाएको हो। अरुणपूर्व खम्बुवान राज्य माग्दै मोर्चा संघर्षरत थियो।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा मोर्चाका प्रवक्ता डेबिट खम्बूसहित चार जना उपस्थित थिए। उनीहरूले पाँच थान बन्दुक, पाँच राउन्ड गोली र एउटा पेस्तोल बुझाएका थिए। विभिन्न बहानामा आफूहरूलाई राज्यले ज्यादती नगर्ने सुनिश्चितता गर्नुपर्ने माग प्रवक्ता गरे। ‘राज्यले फेरि ज्यादती नगरोस्’, उनले भने, ‘हामी शान्तिपूर्ण राजनीतिमा फर्किएका छौं।’

उनका अनुसार यसअघिको वार्ता सरकार गम्भीर नदेखिएका कारण भंग भएको थियो। सरकारी वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले निःशस्त्र हुने भनेर खम्बुवानले पत्राचार गरेपछि हतियार बुझेको सुनाए। तराई मुक्ति मोर्चाले पनि शनिबार नै एक थान पेस्तोल बुझाएको छ। कार्यक्रममा मोर्चाका संयोजक विनोदकुमार यादव नेतृत्वको टोलीको उपस्थिति थियो। बाँकी हतियार आइतबार बुझाइने संयोजकले यादवले बताए। उनीहरूले गत मंसिर २७ गते पनि विराटनगरमा केही हतियार बुझाएका थिए।

वार्ता टोलीले नेत्रविक्रम चन्द समूह वार्तामा आउन नचाहेर ‘अतिवादी’ बन्दै गएको जनाएको छ। चन्दले भेट्न नचाहेको र वार्ता टोली पनि नबनाएको संयोजक पाण्डेले सुनाए। ‘चन्द (विप्लव) माओवादी वार्तामा नआउने र अतिवादी गतिविधि गर्ने गरेको देखिएको छ’, उनले भने। वार्ताको पहल भने जारी रहेको उनको भनाइ थियो।

सीके राउत समूहसँग राजनीतिक माग नभएकाले वार्ता नगरिएको उनले सुनाए। उनका अनुसार ४५ वटा समूहको नाम सुनिएकोमा चन्द र राउत समूहसहित २५ वटासँग सम्पर्क भएको छ। उनले नयाँ समूहलाई निःशस्त्र बनाउँदै पहिल्यै वार्ता भइसकेकासँग राज्यले गरेका सहमतिका विषयमा पनि जानकारी लिइरहेको बताए। यसअघिको समितिले वार्ता गरेका २२ र थप तीन समूहसँग वार्ताको पहल गरेको उनले सुनाए।

गोइत समूहका नेतृत्वकर्ता जयकृष्ण गोइतले हतियार बुझाएर सशस्त्र द्वन्द्व त्याग्न चासो नदेखाएको पनि उनले खुलाए। ‘तर, उपाध्यक्ष उपेन्द्रप्रसाद यादवलगायत बाँकी धेरै जिम्मेवार नेताले सशस्त्र संघर्ष त्यागिसकेकाले अब गोइत समूह छैन’, उनले भने, ‘केही भयो भने त्यो कुनै व्यक्तिले गरेको अपराध हुनेछ।’ नेपाल अब द्वन्द्वरत मुलुक नभएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.