नेविसंघ अधिवेशन विवाद : पार्टी कार्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

नेविसंघ अधिवेशन विवाद : पार्टी कार्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

परासी : पश्चिम नवलपरासीमा हुन गइरहेको नेविसंघ जिल्ला अधिवेशनको विवादले उग्ररुप लिएको छ। उत्पन्न विवादलाई पार्टीले टुंगाउन नसकेको भन्दै विद्यार्थीको एक समूहले ताला लगाएको छ।

अर्को समूहले भने विधान विपरित अधिवेशन गर्न पार्टीलाई दबाब दिएको भन्दै ताला फोडपछि विवादले उग्ररुप लिएको हो। विद्यार्थीको विवाद मिलाएर अधिवेशन गराउन नेपाली कांग्रेस जिल्ला समितिले कार्यबहाक सभापति अर्जुनकुमार पोखरेलेको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ। अधिवेशनका लागि नेविसंघको केन्द्रीय समितिले केन्द्रीय सदस्य टंक पाण्डेलाई केन्द्रीय प्रतिनिधिमा खटाएको छ। 

जिल्लामा दधिराम पौडेल र राजन भण्डारी नेतृत्वको नेविसंघ जिल्ला समिति छ। पौडेल समूहलाई कार्यबहाक सभापति पोखरेल तथा पूर्वसांसद विक्रम खनाललगायतका नेताहरुको समर्थन छ भने भण्डारी समूहलाई प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल तथा प्रदेशसभा सदस्य बैजनाथ जयसवाललगायतका नेताहरुको समर्थन छ।

दुवै समूहले सबैजसो इकाइमा आ-आफ्ना समूहका समान्तर समिति गठन गरेका छन्। पौडेल र भण्डारीले आफूहरुको समिति आधिकारिक रहेको दाबी गर्दै आएका छन्।

सोही विवाद मिलाउन शुक्रबार बसेको पार्टी कार्यदलको निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारी समूहले पार्टी कार्यालयमा ताता लगाएको थियो।लगत्तै अर्को समूहका विद्यार्थीले ताला फोडेका थिए। शुक्रबार लगाएको ताला फोडेपछि शनिबार दिउँसो फेरि भण्डारी समूह ताला लगाउन पुगेको थियो त्यसलगत्तै अर्को समूह ताला फोड्न पुगेपछि विवादले उग्ररुप लिएको थियो।  

नेविसंघ केन्द्रीय प्रतिनिधिसहित बसेको कार्यदलको बैठकले पार्टी प्रतिनिधि, दुई समूहका एक÷एकजना विद्यार्थी सम्मिलित समितिले क्षेत्रीय सभापतिको रोहबरमा सम्बन्धित क्याम्पस, विद्यालय र पालिका समन्वय इकाइको अधिवेशन गर्ने निर्णय गरेको कार्यबहाक सभापति पोखरेलले बताए।

निर्णयप्रति पौडेल पक्षले सहमति जनाएको छ तर भण्डारी समूहले भने असहमति जनाउँदै विवादित बाहेक अन्य इकाईमा मात्र चुनाव हुनुपर्ने अडान लिएपछि विवाद चर्किएको हो। अधिवेशन गराउँदा इकाई बाडफाँड गरी दुई समूहलाई छुट्टाछुट्टै खटाउनुपर्ने र कार्यबहाक अध्यक्षको हैसियतले जिल्ला अधिवेशन गराउनुपर्ने माग राखेको भण्डारीले बताए।

विधान विपरित पार्टीलाई अधिवेशन गर्न दबाब दिएकाले आफूहरुले ताला फोडेको अर्का समूहका विद्यार्थी नेता रोशन शाहले बताएका छन्।नेविसंघ केन्द्रीय समितिका अध्यक्ष नैनसिंह महरले २०७५ भदौ १८ गते प्रेस विज्ञप्ती प्रकाशित गरी विवादित जिल्लामा पुगेर पदाधिकारीबाट गठन गरिएका सबै समिति गैरवैधानिक भएकाले स्वत रद्द हुने जनाएका थिए।

सोही अनुसार विवादित जिल्लाका समिति रद्द भएका हुन्। तर जिल्लामा रहेको भण्डारी समूहका विद्यार्थीले तीन वर्षअघि आफूले जिल्ला अध्यक्षबाट कार्यबहाक पाएकाले सोही पदअनुसार जिल्ला अधिवेशन हुनुपर्ने अडान लिएको छ।

केन्द्रले विवादित समिति रद्द गरेकाले कुनै पनि पदाधिकारी बहाल नहुने हुँदा विधानअनुसार अधिवेशन हुनपर्ने पौडेल पक्षको माग छ।  केन्द्रीय प्रतिनिधि पाण्डेले केन्द्रीय पत्रअनुसार जिल्लाका दुवै समिति विघटन भइसकेकाले विधानअनुसार अधिवेशन हुने बताए । उनले पार्टीको कार्यदलले गरेको निर्णयअनुसार अधिवेशन प्रक्रिया अघी बढाउने बताए। कार्यबहाक सभापति एंव कार्यदलका संयोजक पोखरेलले अधिवेशन गराउन नचाहानेले पार्टी कार्यालयमा तालाबन्दी गरी अभद्रशैली प्रस्तुत गरेको बताए 
। पुस १५ भित्र इकाइको अधिवेशन सम्पन्न गरी २० गते नेविसंघको जिल्ला अधिवेशन हुने पोखरेलले बताए। 'पार्टीको नीति र नेविसंघको विधानअनुसार अधिवेशन हुन्छ, विधान विपरित जाने अधिकार कसैलाई हुँदैन। सहमतिमा नआए तोकिएको समयमा सबै समिति गठन भइसक्छन्,' पोखरेलले भने।

एक वर्षअघि नेविसंघका केन्द्रीय प्रतिनिधिको रोहबरमा दुई समूहका छुट्टाछुट्टै जिल्ला समिति गठन गरिएका थिए। जसअनुसार केन्द्रीय उपाध्यक्ष एंव प्रदेश ५ का नेविसंघ संयोजक प्रकाश रानाले पौडेल नेतृत्वको जिल्ला समिति गठन गरेका थिए भने केन्द्रीय उपाध्यक्ष पवन यादवले भण्डारी नेतृत्वको अर्को समिति गठन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.