दुर्घटनामा एकजनाको मृत्युपछि घोराहीमा आन्दोलन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दुर्घटनामा एकजनाको मृत्युपछि घोराहीमा आन्दोलन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

घोराही : दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि आक्रोशित हुँदै आफन्त र स्थानीयले आन्दोलन चर्काएका छन् । आन्दोलित समूहले बस तोडफोड गरेको छ भने नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

दुर्घटनापछि घोराही तनाबग्रस्त छ । स्थानीयले प्रहरीले दमन गरेको भन्दै आन्दोलन जारी राखेका छन् । प्रहरीले भने सवारीसाधनमा क्षति पु¥याउने गरी गतिविधि गरेको र त्यसलाई नियन्त्रणमा लिन र भीड हटाउन अश्रु ग्यास प्रयोग गरेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । असर नपुग्ने गरी यस्तो कारवाही गरिएको उनले बताएका छन् ।

स्थानीय र मृतकका आफन्त आन्दोलन सँगै घोराहीको तुलसीपुर चोकमा धर्नामा बसेका छन् । सोमबार मध्यान्ह बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घोराही १८ का २९ वर्षीय  मेघराज पुनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा सोही ठाउँका २५ वर्षीय महेश बुढा गम्भीर घाइते भएका छन् ।

घोराहीको तुलसीपुर चोकबाट बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ ख १६०२ नम्बरको बस घोराही–१४ लखनपार्क (घोराही हस्पिटल नजिक) ठोक्किएको थियो । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.