युद्धको तयारी छैन, वार्ता गर्न तयार छौँ : प्रकाण्ड

युद्धको तयारी छैन, वार्ता गर्न तयार छौँ : प्रकाण्ड

बुटवल : नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले आफ्नो पार्टीले कुनै युद्धको तयारी नगरेको स्पष्टिकरण दिएका छन् ।

पार्टीलाई बद्नाम गराउन ‘बाहिर युद्धको तयारी भएको भ्रम’ छरिएको भन्दै त्यसको विश्वास नगर्न जनतालाई आग्रह गरे । क्रान्तिकारी पत्रकार संगठनले  बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले बन्दु देखाए त्यस विरुद्ध उत्रिने चेतावनी दिए ।

‘हामी कुनै युद्धको तयारीमा छैनौँ, तर सरकारले बन्दुक देखाए त्यसको प्रतिवादमा उत्रिन्छौँ,’ उनले भने । सरकारद्वारा गठिन वार्ता समितिसँग वार्ता गर्न तयार रहेको उनले बताएका छन् । तर वार्ता राजनीतिक दलको हैसियतमा हुनुपर्ने उनको अडान छ ।

‘सत्तारुद्ध नेकपा (नेकपा) भन्दा हामी बलियो शक्ति हौँ, दलकै हैसियतमा वार्ता समितिसँग छलफल गर्न तयार छौँ,’ उनले भने । पूर्वमन्त्री समेत रहेका नेता प्रकाण्डले सरकारको कडा आलोचना समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन सकस भइसकेको उनको दावी छ ।

बहुमत सहित सरकारमा गए पनि जनताका अपेक्षा अनुरुप काम गर्न नसकेको सरकार आफ्नै कारणले धेरै दिन टिक्ने अवस्थामा नरहेको उनको भनाइ छ । वर्तमान सरकार अरु कसैका कारणले नभइ आफ्नै पार्टीका नेताहरुका कारण कमजोर हुँदै गइरहेको जिकिर नेता प्रकाण्डले गरे । बहुमतयुक्त सरकारका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई व्यवस्थापन गर्न नसक्नु नै सरकार कमजोर भएको संकेतको रुपमा अथ्र्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.