मेचीनगरमा चासोक तङनाम

मेचीनगरमा चासोक तङनाम

मेचीनगर : लिम्बू जातिको महान चाड चासोक तङ्नामको अवसरमा झापाको मेचीनगर–५ अँधेरीमा वृहत सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ ।

किरात याक्थुङ् चुम्लुङ, मेचीनगर–५ ले आयोजना गरेको कार्यक्रममा गायक तथा संगीतकार ताराप्रकास लिम्बूले ‘हारेँ हारेँ’, ‘बेबी आई लभ यु’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गर्दा स्थानीय दर्शकहरुले नाचेर साथ दिए ।

गायक भीषण मुकारुङले पछिल्लो समय चर्चित लोकशैलीको गीत ‘खोर्सानी डल्ले’ गाउँदा स्रोता दर्शकले सँगै गाउँदै नाचे । उनले ‘अँधेरीमा जुन फुल्दा’ लगायत आफ्ना गीत सुनाएका थिए । गायक उत्तमजंग लिम्बूले आफ्नो स्वर र संगीत रहेका गीतहरु गाए भने गायिका अनु चौधरीका गीतमा पनि दर्शक झुमेका थिए ।

कार्यक्रममा काउली बुढी (सन्ध्या बुढा) र फुलेन्देको बाउ (मौसम इम्बुङ)को प्रस्तुती दर्शकका लागि विशेष बन्यो । नेपाल आइडलको सिजन–२ मा सहभागी बनेपछि चर्चामा आएकी काउली बुढी र सामाजिक सञ्जालबाट चर्चामा आएका हङकङ बस्ने फुलेन्देको बाउको प्रस्तुती हेर्न स्थानीय दर्शकहरु आइतबार मध्यरातसम्म फर्केर बसेका थिए ।

उनीहरुको हाँस्य प्रस्तुतीमा दर्शकहरुले खुब मनोरञ्जन लिए । कार्यक्रममा गीतकार किरण टी लिम्बूले संगीत र कलासंस्कृतिका बारेमा बोले । मेचीनगरका स्थानीयले हरेक वर्ष चासोकलाई भव्य रुपमा मनाउने गरेको आयोजकले जनाएको छ । चासोकको अवसरमा मेला समेत लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.