लुम्बिनीमा ‘बुद्ध ग्राम थिएटर’

लुम्बिनीमा ‘बुद्ध ग्राम थिएटर’

भैरहवा : बुद्ध जन्मस्थल लुम्बिनीमा रोबर्टको माध्यबाट बुद्धको जीवनी देखाइने भएको छ। मायादेवी मन्दिरको प्रवेशद्धार नजिकै निर्माणधिन बुद्ध ग्राम थिएटरमा बुद्धको जीवनी देखाइने भएको हो। ‘गौतम बुद्ध जन्मिएदेखि महापरिनिर्वाणसम्मका कथालाई समेटेर बुद्धको जीवनी थिएटरमा देखाउने छौं’, बुद्धग्राम प्रालिका सञ्चालक पुरुषोत्तम अर्यालले भने, ‘यसको ७० प्रतिशत काम सकिएको छ।’ पर्यटन प्रवद्धन गर्ने उद्देश्यले ग्राम थिएटर निर्माण थालिएको उनको भनाइ छ।

एक दिनका लागि लुम्बिनी आउने पर्यटकलाई यसले बसाइ लम्याउन मद्दत पुग्ने विश्वास लिइएको छ। उनका अनुसार थिएटर २ सय ८० जना क्षमताको छ। निर्माणधिन थिएटरमा ८ वटा ससाना कोठा पनि रहने छन्। एउटा कोठा ३५ जनाको क्षमताको हुनेछ। थिएटरको प्रत्येक कोठामा बुद्धको जीवनीसँग सम्बन्धित ८ मिनेटको कथा देखाइने छ। बुद्धको जीवनीमा आधारित ६४ मिनेटको वृत्तचित्र तयार भइरहेको छ।

सञ्चालक अर्यालका अनुसार पहिलो कोठामा बुद्ध को हुन् ? कसरी बुद्ध भए ? भन्ने विषयमा ८ मिनेटको कथा देखाइने छ। दोस्रो कोठामा बुद्धको जन्म एवं तेस्रो कोठामा बुद्ध र देवदत्तको बीच सारस पंक्षीको विषयमा भएको विवाद देखाइनेछ। त्यस्तै चौथो कोठामा बुद्धले दरबार छाडेपछि देखेको दुःख, पीडा, मृत्यु, रोग आदिको विषयमा देखाइने छ। पाँचौं कोठामा दरबार छाडेपछि नदी किनारमा गएर कपाल खौरेको कथा प्रस्तुत गरिनेछ। छैठौं कोठामा बुद्धले बुद्धत्व प्राप्त गरेको कथा र सातौं कोठामा बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक ऋषिलाई दिएको ज्ञानबारे देखाइने छ। अन्तिम कोठामा बुद्धको मृत्यु बारे देखाइने छ।

रोवर्टको माध्यमबाट देखाइने यो वृत्तचित्रबाट पर्यटकले बुद्धको जीवनको बारे सम्पूर्ण जानकारी पाउने छन्। जीवनीमा रोबर्टकै बुद्ध, ऋषिमुनीलगायत पात्र हुने छन्। उनका अनुसार काठमाडौंमा नेपाली इन्जिनियरले रोबर्ट बनाइरहेका छन्। जसको ७० प्रतिशत सम्पन्न भइसकेको छ।

बुद्धको जीवनीबारे कथा देखाउनुका साथै बुद्धसँग सम्बन्धित तिलौराकोट, रामग्राम र देवदहका विषयमा समेत पर्यटकलाई जानकारी दिन बुद्ध ग्राम थिएटर निर्माण गरिएको हो। थिएटरमा रुख, आकाश, जंगल, खोला, नदी, सबै हुनेछन्। ‘बुद्धको जीवनी वास्तविकजस्तै गरी देखाइने छ’, उनले भने, ‘पर्यटकले यो वृत्तचित्र हेरेपछि बुद्धजस्तै सकारात्मक सोचको विकास गरुन भन्ने हाम्रो चाहना हो।’

बुद्ध ग्राममा थिएटर, बुद्धसँग सम्बन्धित आर्ट ग्यालेरी, माला, मुर्ति पसल, रेष्टुरेन्टलगायत पर्यटकको लागि व्यवसायीक पसल पनि सञ्चालन गरिने उनले जानकारी दिए। ग्राममा १८ वटा व्यवसायीक कोठा निर्माण भइरहेका छन्। ५ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको बुद्धग्राममा २५ जनाले रोजगारी पाउने र बुद्ध पूर्णिमा अघि ग्राम संञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। ‘बुद्ध ग्राममा आउने पर्यटकले घटीमा ३ घण्टा बिताउने गरी निर्माण गरिरहेका छां’ै, उनले भने।थिएटरमा नेपालीलाई २ सय ७५ रुपैयाँ, सार्क र बिमस्टेक राष्ट्रका नागरिकलाई ४ सय ५० रुपैयाँ र अन्य मुलुकका नागरिकलाई ५ सय ५० रुपैयाँ शुल्क लाग्नेछ। नेपाली विद्यार्थी र लुम्बिनी सांस्कृतिक नगरवासीलाई टिकट शुल्कमा ३३ प्रतिशत छुट प्रदान गरिने सञ्चालक अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.