अब काठमाडौ-दाङ दैनिक हवाई उडान

अब काठमाडौ-दाङ दैनिक हवाई उडान

दाङ : सरकारी वायु सेवा कम्पनी नेपाल एयरलाइन्सले दाङमा दैनिक नियमित हवाई उडान भर्ने भएको छ। नियमित उडान सुरु गरेको एयरलाइन्सले दैनिक उडान कार्यतालिका सार्वजनिक गरेको छ। पुस ११ गते देखि काठमाडौ दाङ दैनिक उडान भर्ने तयारी भएको नेपाल बायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामाले बताए। यस अघि हप्तामा तीन दिन उडान भर्दै आएको थियो। 

सुरुमा नियमित हप्तामा दुई दिन उडान गर्दै आएको नेपाल एयरलाइन्सले यात्रुको चाप बढेकाले तीन दिन पुर्‍याएको थियो अहिले त्यसलाई पनि बढाएर सातै दिन पुर्‍याएको जनाएको छ।

लामाका अनुसार अब हप्तामा सातै दिन अर्थात् दैनिक उडान तालिका तयार गरेको जनाएका छन्। मंसिर महिनाको पहिलो साताबाट हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार एयरलाइन्सले उडान भर्दै आएको थियो।  

असोज १९ गतेबाट नेपाल एयरलाइन्सको १८ सिटे जहाजले दाङ-काठमाडौ हवाई सेवा दिइरहेको छ।  एयरलाइन्सले काठमाडौबाट भैरहवा हुँदै दाङ- दाङ-भैरहवा -काडमाडौ उडान भर्दै आएको छ। काडमाडौं दाङका लागि ६ हजार ७० रुपैयाँ र दाङबाट काठमाडौका लागि ५ हजार आठ सय ८० रुपैयाँ भाडा तोकेको छ। 

दाङमा नियमित हवाई सेवा सञ्चालन भएदेखि जिल्लाबासी हवाई सेवा लिन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ। विमान स्थलमा इन्धनको समस्या देखिए पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले टरिगाउँमा अस्थायी इन्धन डिपो स्थापना गर्ने तयारी समेत गरिरहेको जनाएको छ। 

तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको छ। अहिले सम्म सबैले हवाई टिकट समेत नपाइरहेको अवस्थामा दैनिक उडान भए सर्वसाधरणले पनि हवाई सेवा उपभोग गर्न पाउने विश्वास समेत गरिएको छ।

ठूलो पहल र समन्वयनले दैनिक उडान भर्न सुरु गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए। कदैनिक हवाई सेवा सुरु हुने भएपछि स्थानीय खुसी भएका छन्। दैनिक उडानले तुलसीपुरलाई आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्ने विश्वास समेत गरिएको छ। २०११ सालमा स्थानीय झक्कुप्रसाद आचार्यले सञ्चालनमा ल्याएको एरपोर्ट र हवाइ सेवा पटकपटक बन्द हुँदै सञ्चालन हुँदै आइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.