प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता : ओलीले मागे सात दिनको समय

प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता : ओलीले मागे सात दिनको समय

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।  मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजपा अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

 
छलफलमा राजपा संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, महिन्द्र राय यादव, शरदसिंह भण्डारी, राजकिशोर यादवलगायत सहभागी थिए । 

राजपाले संविधान संशोधनलगायत मागलाई सरकारले वेवास्था गरेको भन्दै लामो समयदेखि आपत्ति जनाउँदै आएको छ । बालुवाटारमा भएको छलफल सकिएपछि अहिले राजपा नेतृत्वको बैठक पार्टी कार्यालय बबरमहलमा सुरु भएको छ । 

नेता शरदसिंह भण्डारीका अनुसार माग सम्बोधनका लागि प्रधानमन्त्रीले सात दिनको म्याद मागेका छन् । 

राजपाले संविधान संशोधन, सांसद निर्वाचित रेशम चौधरीको शपथलगायत माग अगाडि सारेको छ । मागका विषयमा छलफल गर्दा प्रधानमन्त्री ओलीले सात दिनको समय मागेका हुन् । 

सरकारले पार्टीका माग सम्बोधन नगरेको भन्दै राजपाले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.