दुई सय २५ सहसचिवको सूचीको पहिलो नम्बरमा भ्रष्टाचार आरोपित शर्मा

दुई सय २५ सहसचिवको सूचीको पहिलो नम्बरमा भ्रष्टाचार आरोपित शर्मा

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सय २५ सह-सचिवको नाम सार्वजनिक  गरेको छ। 

सार्वजनिक गरिएको सूचीमा भ्रष्टाचारको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूणामणि शर्मा पहिलो नम्बरमा छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतका सचिव रामप्रसाद थपलिया दोस्रो नम्बरमा छन्। 

गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव तेस्रो नम्बरमा छन्। मंगलबार सार्वजनिक गरिएको सूचीको चौथो नम्बर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरका सचिव दिपक सुवेदी छन्। 

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारी ९ औं नम्बरमा परेका छन्। अन्तिम नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीका सचिव गोगनबहादुर हमाल रहेका छन्। 

उक्त सूचीमा केही त्रुटी रहेको गुनासो समेत आएको छ। कतिपय कर्मचारीहरूको नियुक्ति मिति नमिलेको, फरक सेवाका कर्मचारीलाई एउटै सुचीमा राखिएको, राजीनामा दिई निजामती सेवाबाट अलग भैसकेका कर्मचारीको विवरण ज्येष्ठताको सूचीमा रहेको, कतिपयको छुटेको छ। 

सामान्यका प्रवक्ता अधिकारीले  उपसचिव, शाखा अधिकृत पनि क्रमशः सूची सार्वजनिक गरिने जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.