अतिक्रमण रोक्न नेपाल-भारत सुरक्षा अधिकारीबीच सहमति

अतिक्रमण रोक्न नेपाल-भारत सुरक्षा अधिकारीबीच सहमति

बिर्तामोड : दशगजा क्षेत्रमा दुवै तर्फबाट हुँदै आएको अतिक्रमण रोक्न नेपाल र भारतका सुरक्षा अधिकारी बीच सहमति भएको छ ।

शनिबार भारतको सुपौलमा सम्पन्न नेपाल–भारत संयुक्त सुरक्षा कार्यदलको प्रथम बैठकमा दशगजा क्षेत्रमा नेपाल तथा भारत दुवै तर्फबाट भएका सीमा अतिक्रमणको विषयमा विस्तृत समिक्षा गरी त्यस्ता कार्यलाई निरुत्साहित गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार उक्त बैठकमा यस आर्थिक वर्षमा गरिने सीमास्तम्भको मर्मत तथा निर्माण कार्यको दुवै देशका प्रमुख जिल्ला अधिकारी तथा ‘डिस्ट्रिक मेजिष्ट्रेट’ सहितको टोलीले आवश्यकता अनुसार स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय समेत भएको बताइएको छ ।

बैठकपछि नेपाल फर्किएका प्रमुख जिल्ला अधिकारी दाहालले अन्नपुर्ण सँग कुरा गर्दै यसअघि भारतको देहरादुनमा सम्पन्न भएको सर्भे अफिसियल्स कमिटीको नवौं बैठकबाट पारित भएका निर्णय कार्यान्वयन गर्नमा यो बैठक केन्द्रित भएको बताए ।

‘देहरादुनमा सम्पन्न नवौं बैठकले पारित गरे अनुसार कार्ययोजनामा समेटिएका क्रियाकलाप कार्यान्वयन गर्न दुवै पक्ष सहमत भयौँ, उक्त कार्यको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउने समेत निर्णय भयो,’ दाहालले भने ।

यसका साथै बैठकले दुवै देशका प्रतिनिधिहरुका बीच फिल्ड सर्भे टीमको दोश्रो बैठक सन् २०१९ जुन महिनामा नेपालमा आयोजना गर्ने समेत निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.