घिमिरे सचिवमा बढुवा
काठमाडौं : सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरलेलाई सचिवमा बढुवा गरेको हो। घिमिरे नेपालको जलस्रोत र ऊर्जा मामिलाका विशेषज्ञ हुन्।
विद्युत् विकास विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका घिमिरे मन्त्रालयको नीति महाशाखामा तीन वर्षदेखि कार्यरत छन्।