सरकारलाई दिएको समर्थन फिर्ता गर्ने राजपाको चेतावनी

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने राजपाको चेतावनी

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। प्रधानमन्त्रीलाई मंगलबार बालुवाटारमा भेटेर राजपाका अध्यक्ष मण्डल नेताले संविधान संशोधन, कैलालीका निर्वाचित सांसद रेशम चोधरीको रिहाई, मधेस आन्दोलनका मुद्दा फिर्ता, बन्दी रिहाइमा सरकारले अग्रसरता नदेखाएको भन्दै समर्थन फिर्ताको चेतावनी दिएका हुन्। ओली नेतृत्वको सरकारलाई राजपाले दश महिनाअघि समर्थन दिएको थियो।

ओली नेतृत्वको सरकार दुई तिहाईतर्फ उन्मुख भएपछि राजपा र फोरम नेपालले सरकारलाई निःशर्त समर्थन गरेका थिए। फोरम नेपाल सरकारमा सहभागी भइसकेको छ। साउनदेखि दसैंसम्म मात्रै राजपाले प्रधानमन्त्रीलाई ५ पटक भेटेर माग सम्बोधन गर्न अल्टिमेटन दिइसकेको छ। ‘पटकपटक प्रधानमन्त्रीले आश्वसान दिए पनि काम अगाडी बढेनन्’, राजपा संयोजक राजेन्द्र महतोले अन्नपूर्णसँग भने, ‘बुधबारदेखि संसद् बस्दै छ, हामी आफ्नो भूमिकामा स्पष्ट हुन पनि समर्थन फिर्ताको कुरा गरेका हौं।’

प्रधानमन्त्रीलाई भेट्न संयोजक महतोसँगै राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, महेन्द्र यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनील झा बालुवाटार पुगेका थिए।

भेटमा प्रधानमन्त्रीले राजपालगायतका दलले विगतमा उठाउँदै आएका कतिपय मुद्दा असान्र्दभिक भइसकेको बताउँदै राजपालाई नयाँ ढंगले अगाडी आउन आग्रह गरेका थिए।

‘मधेसको विकास, समृद्धिका लागि सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु’, राजपा नेताहरूसँग प्रधानमन्त्रीले भने।

‘अब हिजोकै विषयमा वादविवाद गरेर हुँदैन, नयाँ ढंगले सोचौं, नयाँ ढंगले अगाडी बढौं’, राजपा नेतालाई प्रधानमन्त्रीको सुझाव थियो।

राजपा नेताहरूले प्रधानमन्त्रीलाई आफूहरू अब कुर्न सक्ने अवस्थामा नरहेको बताएपछि प्रधानमन्त्रीले सात दिनको समय मागेका थिए।

‘प्रधानमन्त्रीले सात दिन भित्रै सबै पक्षसँग सल्लाह गरी राजपाले उठाएका मुद्दाका बारेमा पछिल्लो अवस्था जानकारी गराउने भन्नुभएको छ’, महतोले भने, ‘हामीले एक साता कुर्छौं। सरकारी जवाफपछि ठोस धारणा सार्वजनिक गर्छांै।’

बुधबार राजपा बैठक

संयोजक परिर्वतनपछि पटक–पटक सर्दै आएको राजपा बैठक बुधबारका लागि तय गरिएको छ। मंगलबार बैठक बस्ने तय भए पनि प्रधानमन्त्रीसँगको भेटका कारण ढिलाइ हुँदा बुधबारका लागि गरिएको नेताहरूले बताए। मंसिर पहिलो साता राजपा अध्यक्ष मण्डल बैठकले बहुमतको आधारलाई चक्रिय प्रणालीमा नेतृत्व हस्तान्तरण हुने निर्णय गरेपछि ठाकुरलाई विस्थापित गरी महतो राजपाको संयोजक बनेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.