सिमेन्ट उत्पादनमा छलाङ

सिमेन्ट उत्पादनमा छलाङ

विकास निर्माणका कामले गति लिएसँगै सिमेन्टको माग बढ्दै गएको छ। सिमेन्ट उद्योग बढ्न थालेका छन्।


देशमा राजनीतिक सक्रंमण सकिएको छ। राजनीतिक स्थायित्वसँगै देश विकासले गति लिन थालेको छ। देशमा निर्माण र पूर्वाधार हुन धेरै बाँकी छ। सडक, पूल, भवनलगायत पूर्वाधार निर्माणको चरणमा छ। द्रुुर्तगतिमा विकास हुने क्रम सुरु भएसँगै सिमेन्टको माग बढ्दै गएको छ। पछिल्लो समय सिमेन्ट उद्योग बढ्न थालेका छन्। सिमेन्ट उद्योगमा स्वदेशी मात्र नभई विदेशी लगानीसमेत आकर्षित हुँदै आएको छ। पछिल्लो समयमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ। ठूलाठूला भवन बन्ने क्रम बढ्दै गएको छ। विकास निर्माणले तीव्रता पाउँदा सिमेन्टको माग बढ्दै गएको हो।

विकासले गति लिएसँगै सिमेन्टको माग बढ्दै गएको उद्योगी बताउँछन्। निर्माणका कामले तीव्रता पाएसँगै देशभित्रै सिमेन्ट उत्पादन पनि बढ्दै छ। निर्माणका लागि सिमेन्ट अत्यावश्यक नै हो। त्यसकारण सिमेन्ट प्रयोग नभई पूर्वाधार निर्माण हुन सक्दैन। पछिल्लो केही वर्षयता सिमेन्टमा लगानीसमेत बढ्दै गएको छ। सिमेन्ट उद्योगमा ठूला तथा विदेशी लगानी भित्रिएसँगै देशले धान्न सक्नेजति सिमेन्ट उत्पादन हुने अवस्थामा पुगेको उद्योगीको भनाइ छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले सिमेन्ट उद्योगको वास्तविक तथ्यांक विश्लेषण भइनसकेको बताउँछन्। ‘हामी सिमेन्टको बारेमा अध्ययन गर्ने तयारीमा छौं’, उनले भने, ‘हामीलाई चाहिने कति हो, अहिले कति उत्पादन भइरहेको छ, कति आयात भइरहेको छ, उद्योगले क्षमता विस्तार गर्दा थप कति उद्योग उत्पादन हुन सक्छ भन्ने कुरा हामी अध्ययन गर्दछौं। ’

उद्योगीले सिमेन्टमा आत्मनिर्भर नजिक पुगेको बताइरहेका छन्। करिब चार प्रतिशतभन्दा बढी आयात नहुने गरेको उद्योगीले बताएका छन्। केही वर्षभित्र क्लिंकरमा समेत आत्मनिर्भर हुन सक्ने उद्योगी बताउँछन्। मन्त्रालयका प्रवक्ता भट्टराईले सिमेन्ट उद्योगबारे थप अध्ययन आवश्यक भएको भन्दै छिट्टै वास्तविकता पत्ता लगाउने तयारी गरेको बताए। सिमेन्ट उद्योगलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको छ। सरकारले सिमेन्ट उद्योगका लागि खानी पहुँचमार्ग बनाएर उद्योगलाई प्रोत्साहन गर्दै आएको छ। यस्तै सिमेन्ट उद्योगका लागि सरकारले विद्युत् प्रसारण लाइनमा समेत सहयोग गर्दै आएको छ।

उद्योग विभागका महानिर्देशक विनोदकुमार सिंहले सिमेन्टमा आत्मनिर्भर भइसकेको बताए। ‘हामी सिमेन्टमा आत्मनिर्भर भइसकेका छौं, केही मात्रामा आयात हुनु छुट्टै कुरा हो’, उनले भने। ठूला परियोजना र जलविद्युुत्लगायत केही क्षेत्रमा आयातित सिमेन्ट प्रयोग भइरहेको छ। खासगरी दातृ निकायले बनाउने त्यस्ता पूर्वाधार क्षेत्रमा आयातित सिमेन्ट प्रयोग हुने गरेको हो।

महानिर्देशक सिंहका अनुसार चार प्रतिशत हारहारीमा विदेशी सिमेन्ट प्रयोग भइरहेको छ। ४ प्रतिशतलाई छोडेर हेर्ने हो भने सिमेन्टमा देश आमनिर्भर नै हो। सिमेन्टमा आत्मनिर्भर भएर विदेशमा समेत निर्यात गर्न सकिने उद्योगी बताउँछन्। तर सिमेन्टमा आत्मनिर्भर भएपनि कच्चा पदार्थ(क्लिंकर) मा आत्मनिर्भर हुन अझै केही समय लाग्ने देखिन्छ।

विभागका अनुसार ६० प्रतिशत क्लिंकर स्वदेशमै उत्पादन भइरहेको छ। ‘आयात भइरहेको ४० प्रतिशत क्लिंकर पनि घटाउने योजनामै छौं,’ उनले भने। महानिर्देशक सिंहका अनुसार दुई वर्षभित्र क्लिंकरमासमेत आत्मनिर्भर हुन सकिने गरी अहिले स्वदेशमै क्लिंकर उत्पादन भइरहेको छ। उद्योग विभागका अनुसार देशभर एक सय १२ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। ती उद्योगमा दुई खर्ब भन्दा बढी लगानी भएको छ। गत आर्थिक वर्षमा करिब ३० अर्बको क्लिंकर आयात भएको थियो। यो कुल मागको २५ प्रतिशत मात्रै हो।

करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा खुलेका सिमेन्ट उद्योगका कारण देश सिमेन्टमा आत्मनिर्भर भएको हो। उद्योगीहरुले सिमेन्ट उत्पादनको क्षमता समेत बढाउँदै गएका छन्। नेपालमा चार दशकदेखि सिमेन्ट उत्पादन सुरु भएको थियो। चार दशक अघि सञ्चालनमा आएको उद्योग हिमाल सिमेन्ट हो। यसले नेपालमा पहिलोपटक सिमेन्ट उत्पादन सुरु गरेको थियो। पछिल्लो समयमा सरकारी स्तरमा सिमेन्ट उद्योग स्थापना गर्न प्रयत्न गरिएपनि सरकारी उद्योग अघि बढ्न सकेनन्।

सरकारी लगानीबाट सुरु भएको सिमेन्ट उद्योगले सुरुका सयममा विभिन्न समस्या समस्या भोग्दै आएको थियो। त्यतिबेला सरकारी प्रयासले सिमेन्टको प्रयोग बढेपनि उत्पादन भने बढ्न सकेन। सुरुका समयमा सरकारी उद्योग स्थापित हुन नसकेपछि निजी क्षेत्र पनि तत्कालीन समयमा स्थापित हुन सकेनन्। त्यसपछि साना साना पूर्वाधार निर्माण गर्दा पनि आयातित सिमेन्टको प्रयोग बढ्दै गयो।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुुव थापाले सिमेन्टमा निजी क्षेत्रमा लगानी बढेसँगै सिमेन्टमा आत्मनिर्भर भएको बताउँछन्। १५ वर्ष अघि निजी क्षेत्रले उद्योगमा लगानी गरेपनि १० वर्षपछि मात्रै उद्योगले गति लिएको बताए। थापा भन्छन्, ‘जब सिमेन्ट उद्योगमा निजी क्षेत्रको लगानी बढ्यो तब आत्मनिर्भरतातर्फ अघि बढेको हो।’ थापाले सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ (क्लिंकर) मा पनि देश आत्मनिर्भर हुने अवस्थामा रहेको बताए। देशमा प्रशस्त संभावना छ तर पूर्ण क्षमतामा लिंकर उद्योग स्थापना हुन सकेको छैन।

अहिले सिमेन्टको बजार माग ७० लाख टन छ तर ८० लाख टन उत्पादन गरिरहेको छ। जसले गर्दा सिमेन्टमा बजार समस्या नहरको उद्योगीहरु बताउँछन्। आवश्यकभन्दा बढी उत्पादन हुँदा पनि खपतमा समस्या हुने गरेको छैन।

सिमेन्ट उत्पादन सुरु गरेको डेढ वर्षमै अर्घाखाँची सिमेन्ट नेपालको अग्रणी सिमेन्ट उद्योगकोरूपमा स्थापित भएको छ। अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनीमा पर्छ। आफ्नै चुनढुंगा खानी भएको नेपालकै सबैभन्दा ठूलो ओपीसी सिमेन्ट अर्घाखाँची सिमेन्ट नै रहेको अर्घाखाँची सिमेन्ट प्रालिका सञ्चालक पशुपति मुरारका दावी गर्छन्। यसले आफैं क्लिंकर र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। माग बढ्दै गए पनि आपूर्ति धान्न सक्ने अवस्थामै रहेको उनी बताउँछन्। अर्घाखाँची सिमेन्टले क्षमता विस्तार गरेर उत्पादन बढाउँदै लगेको छ। त्यस्तै सर्वोतम सिमेन्टले क्षमता विस्तार गरेको छ। यी दुई कम्पनीले थप उत्पादन बजारमा ल्याउन थालेका छन्।

सक्रमणकालिन अवस्थाबाट देशले विकास निर्माणको बाटो समाउन थालेको छ। देशमा पूर्वाधार निर्माणले गति लिन थालेको छ। अब देशले निर्माण नगरी बस्न सक्दैन। पछिल्लो समयमा आर्थिक विकासले नयाँ तरिकाले गति लिएसँगै उद्योगको उत्पादन बढ्दै गएको छ। अहिले सिमेन्टमा आत्मनिर्भर देखिए पनि अझै माग बढ्ने देखिन्छ। सिमेन्टको माग बढेसँगै उत्पादन पनि बढ्ने उद्योगीहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.