२४ घण्टामै ७ सय भन्दा बढी सवारी चालक कारवाहीमा

२४ घण्टामै ७ सय भन्दा बढी सवारी चालक कारवाहीमा

धरान : प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी चेकजाँचको क्रममा २४ घण्टाको अवधिमै ७ सय भन्दा बढी सवारी चालक कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले प्रदेश १ का १४ जिल्लामा मंगलबार हिान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म गरेको विशेष सुरक्षा चेकिङमा ७ सय ४१ सवारी चालकलाई कारवाही गरेको हो ।

ट्राफिक नियम विपरित सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङ सुरु गरेको हो । २४ घण्टे सवारी चेकिङका क्रममा ट्राफिक नियम उलंघन गरी सवारी चलाउने चालकहरुलाई कारवाही गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी कृष्ण प्रसाईले बताएका छन् ।

प्रसाईका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ जना, मोटर साइकलमा तीनजना चढ्ने १४ जना, विना हेल्मेट मोटरसाइकल चलाउने १० जना, क्षमताभन्दा बढी मालसामान ढूवानी गर्ने १ सय १५ जना, सवारी चालक अनुमति पत्र बेगर सवारी चलाउने ४२ जना चालक कारवाहीमा परेका हुन् ।

यस्तै, सवारी चालक अनुमतिपत्र नभएकालाई सवारी चलाउन दिने २३ जना, जथाभावी पार्किङ गर्ने २४ जना, रोक्न निधेषमा सवारी रोक्ने ५५ जना, पार्किङ निधेषमा पार्किङ गर्ने २६ जना, सुरक्षापेटी नबाँध्ने १९ जना चालक पनि कारवाहीमा परेका थिए ।

सवारी साधनको कागजपत्र नबोक्ने १ सय ६३ जना, ट्राफिक इसारा उलंघन गर्ने ७ जना, सवारी साधनको बत्ती ठीक नराख्ने ३३ जना, तिब्र गतिमा सवारी चलाउने २ जना, हर्न निषेधित क्षेत्रमा हर्न बचाउने ८ जना, ढोका खुल्ला गरी सवारी चलाउने २२ जना, लापरवाही साथ सवारी चलाउने १ सय ४३ जना, विना रुट पर्मिट सवारी चलाउने ३ जना चालकलाई कारवाही गरिएको डिएसपी प्रसाईले बताए । ट्राफिक प्रहरीले सबै भन्दा बढी ट्राफिक नियम उलंघन गर्ने चालकहरु सुनसरी, मोरङ, झापा, उदयपुरमा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.