ट्रक र बस ठोक्किदा, बस चालकको मृत्यु

ट्रक र बस ठोक्किदा, बस चालकको मृत्यु

दाङ : पूर्वपश्चिम राजमार्गको दाङ खण्डमा बुधबार भएको सवारी दुर्घटामा चालकको मृत्यु भएको छ। बस र ट्रक ठोक्किदा बस चालकको मृत्यु भएको हो।

लमही नगरपालिका ८ गणेशपुरस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा भारतको दिल्लीबाट रुपन्देहीको बुटवलतर्फ गइरहेको ना ६ ख ८४४४ नम्बरको  बसले चन्द्रौटादेखि अत्तरिया तर्फजादैँ गरेको ना ६ ख ५२६० नम्बरको ट्रकलाई ठक्कर दिँदा बस चालक तनहुँ घरभई हाल कोहलपुर नगरपालिका ११ बस्ने वर्ष ४५ को कृष्णबहादुर सारुमगरको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

सारुमगरको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको हो।  दुर्घटनामा ट्रकका चालक समेत घाइते छन्। 

बस, ट्रक ,र ट्रक चालक इलाका प्रहरी कार्यालय अमिलियाको नियन्त्रणमा रहेको दाङ प्रहरीले जनाएको छ। दाङमा पछिल्ला दिनमा दैनिक सवारी दुर्घटना भइराखेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.