घोराही सिमेन्ट उद्योगमा आगलागी

घोराही सिमेन्ट उद्योगमा आगलागी

दाङ : घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्ट उद्योगमा आगलागी भएको छ। सगरमाथा सिमेन्टको सिएसपी भवनमा आगलागी भएको हो

घोराही उपमहानगरपालिका ३ गोग्लीमा रहेको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको दाङ प्रहरीले जनाएको छ। उद्योगको निर्माणाधीन सिएसपी भवनको ३५ मिटर माथि बिजुलीको तार सर्ट भई आगलागी भएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको र  कुनै पनि मानवीय क्षति नभएको उनले बताए। आगलागीबाट प्लाई, वल्डिङ मेसिन ५ वटा, ग्रिल मेसिन र ३ वटा ग्यास सिलिन्डरमा क्षति भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.