निर्मला हत्या प्रकरण : पक्राउ गरी यातना दिँदा पनि नगरपालिका माैन रहेकाे भन्दै धर्ना

निर्मला हत्या प्रकरण : पक्राउ गरी यातना दिँदा पनि नगरपालिका माैन रहेकाे भन्दै धर्ना

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै बिहीबार नगरपालिकामा पनि धर्ना दिइएको छ ।

निर्मलाका हत्यारा सार्वजनिक हुनुपर्ने माग राखेर चरणबद्व आन्दोलन गरिरहेको नागरिक संघर्ष समितिको अगुवाइमा धर्ना दिइएको हो । भीमदत्त नगरपालिकाको मुलगेटमा अधिकारकर्मीहरुले आज दुई घण्टा धर्ना दिएका हुन् ।

‘पूर्व निर्धारित कार्यक्रम अनुसार हामीले नगरपालिकामा धर्ना दिएका हौँ’ नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले भनिन्, ‘नगर क्षेत्रकै किशोरहरुलाई प्रहरीले जबरजस्ती यातना दिने काम गरिरहेको छ । यसबारे स्थानीय सरकारले पनि बोल्नुपर्छ भन्ने ठानेर धर्ना दिएका हौँ ।’

प्रहरीले स्थानीयलाई पक्राउ गर्दै यातना दिन थालेपछि स्थानीय सरकारले यसबारे कुनै भुमिका नखेलेपछि नगरपालिकामा धर्ना दिएको उनीहरु बताउँछन् । बिहीबार दिउसो नागरिक अगुवाले नगरपालिकामा २ घण्टा धर्ना दिएका थिए ।

प्रहरीले अनुसन्धान गर्नुको साटो गरिब, निमुखा र असहायलाई दुःख दिने काम गरिरहेको अधिकारकर्मी शारदा चन्दको आरोप छ । ‘हाम्रो माग भनेकै निर्मला पन्तका बलात्कारी र हत्यारा पक्राउ गर भन्ने हो’ उनले भनिन्, ‘वास्तविक हत्यारा पत्ता लगाउनुको साटो प्रहरीले एकपछि अर्को गल्ति गरिरहेको छ ।’

निर्मला प्रकरणमा नागरिक संघर्ष समितिको अगुवाईमा चरणबद्व आन्दोलनका कार्यक्रम भइरहेका छन् । छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमा समेत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मुलगेट बाहिर अनिश्चितकालिन धर्नामै छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलालाई गत साउन १० गते बलात्कारपछि हत्या गरेको भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.