झापा मेचीनगरको आगलागीमा २२ घर खरानी

झापा मेचीनगरको आगलागीमा २२ घर खरानी

बिर्तामोड : झापाको मेचीनगर–६ स्थित साठी बिघा भन्ने स्थानमा आगलागी हुँदा २२ वटा घर तथा टहरा जलेर नष्ट भएका छन् । गएराति करिब ८ बजेबाट आगलागी सुरु भएको थियो ।  तीनवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट १६ वटा टहरा र ६ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।

मेचीनगर–६ स्थित साठी विघा (पुरानो भन्सार) क्षेत्रमा रहेको बधशालानजिकै स्थानीय छविलाल आङदाम्बेको घरबाट बिहीबार स आगो सुरु भएको प्रहरीको भनाइ छ । बिजुली गएपछि आङदाम्बेले बालेको मैनबत्ती ग्यास सिलिण्डरको पाइपमा सल्किएपछि आगलागी भएको प्रहरीको प्रहरीले जनाएको छ । आगलागी सुरु भएको आङदाम्बेको र उनका आसपासका अन्य घर पनि चित्रा र फुसले बनाइएका आगो चाँडो फैलिएको प्रत्यक्षदर्शीहरु बताउछन् ।

काँकडभिट्टा प्रहरीका अनुसार आगलागीबाट सुभाष शिवाकोटी, मदन कडेल, मानबहादुर गुरुङ, भुपाल तामाङ, रत्न साम्सुहाङ्ग, विक्रम साम्सुहाङ्ग, शान्तिदेवी श्रेष्ठ, गोविन्द मिश्र, प्रदिप राजवंशी, मौलिय तामाङ्गको घर तथा टहरा जलेर नष्ट भएको छ । 

त्यसैगरी केशव श्रेष्ठ, नविन राई, बर्षा लिम्बु, हरिमाया खडका, सारकेश गुरुङ, साहु तामाङ, धनविर तामाङ, रुञ्ची आइन्द्रो र देशबहादुर सुब्बाको पनि घर तथा टहरा जलेर नष्ट भएको छ । 

त्यसमध्ये केहीका होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मेचीनगरको बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिन नसकेपछि थप मदतका लागि बिर्तामोड र भद्रपुरको बारुणयन्त्र बोलाइएको थियो । 

तीन वटा बारुणयन्त्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा राति ९ बजे आगलागी नियन्त्रण लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.