प्रदूषणको मारमा डल्फिन

प्रदूषणको मारमा डल्फिन

गुलरिया : डल्फिनको बासस्थान रहेको गुलरिया गेरुवा (कर्णाली) नदी क्षेत्र प्रदूषित हुँदा डल्फिन समस्यामा परेको छ। पर्यटकीय दृष्टिले आर्कषक एवं जैविक विविधता बोकेको गेरुवा (कर्णाली) नदी तटीय क्षेत्रमा आउने पर्यटक एवं बनभोज खान आउनेले फ्याँकेको फोहर व्यवस्थापन नहुँदा नदी क्षेत्र प्रदूषित बनेको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षवीचमा अवस्थित राजापुरक्षेत्र जोड्ने गेरुवा (कर्णाली) नदीमा निर्मित नेपालको सबभन्दा लामो पक्कीपुल आसपास प्रदूषण बढी भएको पर्यटक गोपालजंग शाहले बताए। बढ्दो प्रदूषणले डल्फिनको अस्तित्व नै खतरामा परेको छ। १ हजार १५ मिटर लामो पक्कीपुल निर्माण भएपछि नदीको आर्कषण बढेको छ। कर्णाली नदी डल्फिनको वासस्थान क्षेत्र भएकाले फोहर व्यवस्थापन जरुरी भएको स्थानीय एवं पर्यटकको माग छ। नेपालकै लामो पुल भएकाले पर्यटक धेरै आए पनि फोहोर व्यवस्थापन तथा पिउने पानीको व्यवस्था नहुँदा पर्यटकलाई पनि समस्या हुने गरेको छ।

पुल अवलोकन गर्न आउने पर्यटक, नदी तटीय क्षेत्रको सामुदायिक वनमा वनभोज खान आउनेबाट निस्केको फोहोरका कारण गेरुवा (कर्णाली) नदी क्षेत्र प्रदूषित भएको हो। सफा पानीमा बस्ने गंगेटिक डल्फिनको अस्तित्व बढ्दो फोहोरका कारण खतरामा छ। कोठियाघाट सामुदायिक वनमा बनभोजस्थल नहुँदा बनभोज खान गेरुवा (कर्णाली) नदी तटीय क्षेत्रमा पुग्नु पर्ने बाध्यता रहेको राजापुर नगरपालिका खैरीचन्दनपुरकी गीता चौधरीको भनाइ छ।

‘पुलका कारण पर्यटकको चहलपहल बढे पनि व्यवस्थापनमा कसैले ध्यान नदिँदा सो क्षेत्र अस्तब्यस्त भएको छ’, चौधरीले भनिन्। खाताकोठियाघाट सामुदायिक वनका उपाध्यक्ष जंगबहादुर शाहका अनुसार सामुदायिक बनले पानीको लागि केही धारा निर्माण गरे पनि आर्थिक अभावले पर्याप्त व्यावस्था गर्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.