समायोजनका लागि अनलाइनबाट आवेदन दिन थाले कर्मचारी

समायोजनका लागि अनलाइनबाट आवेदन दिन थाले कर्मचारी

काठमाडौं : कर्मचारीले समायोजनका लागि आवेदन लिन थालेका छन्। अनलाइनमार्फत कमचारीले आवेदन दिन थालेका हुन्। आवेदनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चारवटा छुट्टाछुट्टै सूचना जारी गरेको छ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले समायोजनका लागि कर्मचारीले फारम भर्न सूरु गरेको बताए।मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी २१ दिने सूचना जारी गरेको हो।

कर्मचारी समायोजन शाखाकी सह-प्रवक्ता अनिता निरौलाका अनुसार १८८ जना संघमा फारम भरेका छन्। प्रदेशमा ३४७ जना र स्थानीय तहमा ३९३ जना फारम भरेका छन्।  

संघमा फारम भनेका ३१६ जना पोष्ट गर्न तयारी अवस्थामा रहेको उनले जानकारी दिइन्।देशभर नै फारम भर्ने काम जारी छ। यता कर्मचारीको विरोध पनि जारी नै छ। पुस १४ गतेसम्मको अल्टिमेटम आधिकारिक ट्रेड युनियनले दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.