झापा खुला दिसामुक्त जिल्ला

झापा खुला दिसामुक्त जिल्ला

भद्रपुर : झापा जिल्ला खुला दिसामुक्त घोषणा भएको छ। प्रदेश नम्बर १ का उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले शुक्रबार मेची रंगशालामा आयोजित एक कार्यक्रम झापा खुला दिसामुक्त भएको घोषणा गरेकी छन्।

प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृति दिएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको हो। गत मंसिर २७ गते मेचीनगर र हल्दिबारी एकैदिन खुल्ला दिसामुक्त घोषणासँगै झापाका सम्पूर्ण स्थानीय तह खुला दिसामुक्त घोषणा भएका हुन्। उपसभामुख तुम्बाहाम्फेले हरेक घरमा चर्पी निर्माण गर्दैमा सरोकारवालाहरु जिम्मेवारीबाट उम्किन नमिल्लने बताएकी छन्। 

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले आधार रेखा सर्वेक्षणको क्रममा रहेका एक लाख ८२ हजार २ सय १५ घर धुरी मध्ये सबै घर धुरीमा नै अहिले चर्पिको पहुँच भएको बताए । पोर्तेलका अनुसार सर्वेक्षणको क्रममा चर्पी बन्न बाँकी देखिएका ३९ हजार २ सय ८७ घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुगेको बताएका छन्।

कतै छिटपुट रुपमा सुरक्षित चर्पि बन्ने क्रममा रहेका र प्रयोगमा ल्याउन आनाकानि गर्नेलाई पनि भोलि देखि नै अनुगमन गरिने पोर्तेलले बताएका छन्। कार्यक्रममा जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्न सहयोग गर्ने दातृनिकाय लगायत जिल्लाका सरोकारवालाहरु युएन ह्याबिट्याट, लगायतलाई सम्मान गरिएको थियो। 

अन्नपूर्णकर्मी सम्मानित

कार्यक्रममा खुला दिसामुक्त जिल्ला घोषणा गराउनमा ‘भ्याल्युएबल न्यूज कभरेज’ गरे बापत अन्नपूर्णकर्मीद्वय राधा खनाल र रविन भट्टराईलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.