किन र्याप संगीत नियन्त्रण गर्न चाहन्छन् पुटिन?
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले र्याप संगीत नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । यसलाई पूर्ण रूपमा बन्देज लगाउन असम्भव छ तर कुनै पनि हिसाबमा नियन्त्रण गर्नु जरुरी रहेको उनले बताएका छन् ।
सेन्ट पिटर्सबर्गमा भएको राष्ट्रपति परिषद्को भेलापछि उनले र्याप र कलाका अन्य आधुनिक विधाले सेक्स, ड्रग र विरोध प्रदर्शनलाई आ श्रय दिने बताए । ‘ड्रगको चिन्ता छ । यसले राष्ट्रलाई विनाश गर्छ’, पुटिनले भनेका छन् । र्यापरले प्रयोग गर्ने शब्द निकै छाडा हुनेमा उनले चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीले गत साता र्यापर हस्कीको कन्सर्ट स्थगन गरेर उनलाई पक्राउ गरेको थियो ।