प्रेमिकाको हत्या गरेको आरोपमा युवक पक्राउ

प्रेमिकाको हत्या गरेको आरोपमा युवक पक्राउ

ढल्केवर(धनुषा) : महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ। गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीप कुमार यादवलाई पक्राउ गरेको हो।

महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विवाहको सहमति पछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवैजना बीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए।  

गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा वेशारिसे अवस्थामा शव फेला परेका थिए। टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमासँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगन्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए। पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.