अनिल साहले सुदूरश्चिमसँगको खेल गुमाउने, कप्तानीको जिम्मा आसिफलाई

अनिल साहले सुदूरश्चिमसँगको खेल गुमाउने, कप्तानीको जिम्मा आसिफलाई

काठमाडौं : जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिगको बुधबार हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल गुमाउने भएका छन्। हातमा लागेको चोटका कारण उनले क्वालिफायर खेल गुमाउने भएका हुन्।

गत शनिबार चितवन राइनोजविरुद्धको खेलमा उनले हातको नाडीमा चोट बोकेका थिए। त्यस खेलमा अनिल ८ रन बनाएर पेभेलियन फर्किएका थिए।

नाडीमा गम्भीर चोट लागेका कारण उनको खेल अनिश्चित भएको जनकपुरका बोल्ट्सका व्यवस्थापक अनुज जैसवालले बताए। नाडीमा गभ्मीर चोट लागे पनि मेडिकल रिपोर्ट आउन बाँकी रहेको उनले बताए। 'आज बेलुकासम्म रिपोर्ट आउने कुरा छ। रिपोर्ट नआउँदासम्म ठ्याक्कै आगामी रणनीतिबारे भन्न सकिन्नँ,' अन्नपूर्णसँग उनले भने।

स्रोतका अनुसार अनिलको चोट गम्भीर रहेकाले उनले खेल गुमाउने पक्का भएको छ। बुधबार सुदूरपश्चिमविरुद्ध हुने क्वालिफायर खेलमा आसिफ शेखले कप्तानी गर्ने स्रोतको दाबी छ। 'टिमलाई अब मार्की खेलाडीसमेत रहेका आसिफ शेखले कप्तानी गर्नेछ। अनिल चोट बोकेका कारण आराममा बस्नेछन्,' अन्नपूर्णसँग स्रोतले भन्यो। 

एनपीएलको लिगचरणको खेलमा जनकपुरले ५ खेल जितेको थियो भने दुई खेलमा पराजित भएको थियो। जनकपुर सुदूरपश्चिम र चितवनसँग पराजित हुँदा विराटनगर, काठमाडौं, गण्डकी, लुम्बिनी र कर्णालीलाई हराएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.