भोजपुरमा बस दुर्घटना : १ जनाको मृत्यु, ८ घाइते

भोजपुरमा बस दुर्घटना : १ जनाको मृत्यु, ८ घाइते

भोजपुर : भोजपुर सदरमुकामबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस देउराली चोकनजिकै दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा एक यात्रुको मृत्यु र चालकसहित आठजना गम्भीर घाइते भएका छन्। 

सदरमुकामबाट बिहान ११ बजेको छुटको बस ब्रेकफेल भएर पल्टिँदा बसले किचेर अरुण गाउँपालिका ३, प्याउलीकी ४९ वर्षिया हेम कुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो। घाइते सबै यात्रुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

दुर्घटनामा परी  रामप्रसाद राई , बासीखोराका किशोर राई, अरुण गाउँपालिका-३ प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका १० भैँसीपंखाकी सिता कुमारी राई, भोजपुर सदरमकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका ४ धनकुटाका पुष्प बहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिंह तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.