निर्माणस्थलमा बिग्रेको मेसिन र सुपरभाइजर छन्, वडाध्यक्षलाई नै थाहा छैन !

निर्माणस्थलमा बिग्रेको मेसिन र सुपरभाइजर छन्, वडाध्यक्षलाई नै थाहा छैन !

ताप्लेजुङ : ताप्लेजुङको आठराईत्रिवेणी र पाँचथरको हिलिहाङ गाउँपालिका जोड्ने तमोर नदीको पुल ‘लिम्बूनी पुल’ निर्माण सम्झौता गरिएको एक वर्ष भइसक्यो ।

जुन पुल चीन र भारत जोड्ने तमोर करिडोर अन्तरगत योजना हो । १८ करोड ५० लाख लागतमा ३२ महिनामा सक्ने गरी सपना याक्थुङहाङ जेभी निर्माण कम्पनीले पुलको जिम्मा लिएको थियो ।

तर अहिलेसम्म पुलको एक तर्फको जग खन्न मात्रै सुरु गरिएको छ । निर्माणस्थलमा एकजना सुपरभाइजर र एउटा स्काभेटर मेसिन मात्रै छन् । योजनाको लागत, निर्माण सुरु र सम्पन्न गर्नुपर्ने अवधि लगायत सूचना समेटिएको सूचनापाटी समेत यहाँ राखिएको छैन । समस्या त के भन्, यहाँ राखिएको एउटा मेसिन पनि १५ दिनयता बिग्रेर थन्किएको छ ।

पुलको ताप्लेजुङपट्टीको भागमा वेस खन्न सुरु भए पनि पाँचथर खण्डमा काम भएकै छैन । पुल निर्माणको प्रगति हेर्दा स्थानीय निराश देखिन्छन् । अचेल त पुल बन्छ भन्नेमा विश्वास नै हराएको बताउँछन् स्थानीयहरु । निर्माण पक्षकै कामदारहरुका अनुसार अहिलेसम्मको काम पाँचदेखि सात प्रतिशत मात्रै हो । जब कि नदी घटेर सानो भएको अवस्थामा ३५ देखि ४० प्रतिशत काम भइसक्नुपर्ने उनीहरु नै स्वीकार गर्छन् ।

जनप्रतिनिधि नै भन्छन्, ‘थाहा छैन’
पुल निर्माण स्थलका वडा अध्यक्ष पूर्ण सिटौला यस कामका बारेमा आफूहरुलाई जानकारी नै नभएको दावी गर्छन् । सिटौलाका अनुसार निर्माण कम्पनीले पुल निर्माण स्थलको स्थानीय सरकारलाई जानकारी समेत गराएको छैन ।

सिटौलाले भने, ‘निर्माण गर्ने ठेकेदार को हो, कति लागत हो, स्टमेटको बारेमा स्थानीय सरकार बेखबर छ ।’ निर्माण क्षेत्रमा खोजी गर्दा जवाफदेही र जिम्मेवार मान्छे नभेटिएको सिटौलाको जिकिर छ ।

तमोर करिडोरकै दोभान पुल निर्माणमा ठेकेदारले १० वर्ष लगाएकाले यो पुलको पनि त्यही अवस्थामा पुग्ने हो कि भन्ने आशंका रहेको स्थानीय रविन लिम्बूको गुनासो छ ।

‘यहाँबाट नजिकैको दोभान पुल निर्माणमा लापरवाही भएको हामीले देखेका छौँ,’ निघुरादिनका स्थानीय डम्बर लिम्बू भन्छन्, ‘दोभानको भन्दा दोब्बर लागतको यो पुलको पनि त्यस्तै हालत हुने छनक देखिँदै छ ।’

सम्झौता अनुसार अबको १८ महिनामा वारी–पारी दुवैतर्फ पिलर उठाउने र माथिवाट ट्रष्ट लगाइसक्नुपर्ने हुन्छ । तर सम्बन्धित ठेकेदारले काम नै नगरेपछि स्थानीयहरु निराश छन् ।

स्थानीय रविन लिम्बूका अनुसार स्थानीयहरु अब स्थानीय सरकार र ठेकेदार पक्ष लगायत सरोकारवालाको ध्यानाकर्षण गराउने तयारीमा छन् । याक्थुङहाङ निर्माण कम्पनिका प्रबन्धक तेज कुरुङवाङले भने ढिलो गरी भए पनि काम सम्पन्न गर्ने बताउँछन् । काममा ढिलाइ हुनुको कारण मुलुककै अन्योल अवस्थालाई देखाउँछन् उनी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.