नेपालगन्ज–दिल्ली बस सेवा सुरु

नेपालगन्ज–दिल्ली बस सेवा सुरु

नेपालगन्ज : नेपालगन्ज–दिल्ली सिधा बस सेवा औपचारिक रुपमा सुरु भएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबार नेपालगन्जमा बस सेवाको शुभारम्भ गरेका हुन्।

भेरी यातायात प्रा.लि. ले हरेक दिन एउटा बस चलाउने भएको छ।  सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले बस सेवाले मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुलाई सहज हुने बताए। उनले भने, ‘दिल्लीबाट काठमाडौं, काठमाडौंबाट नेपालगन्ज हुँदै मानसरोवर जाने यात्रीलाई बस सेवा सहयोगी हुन्छ।’

उनले बस सेवाका यात्रीको नेपालतर्फ नेपाल सरकारले र भारततर्फ भारत सरकारको सुरक्षाको प्रबन्ध मिलाउन माग पनि गरे।  निकट भविष्यमा नै नेपालगन्ज–दिल्ली हवाइ सेवा पनि सञ्चालनको तयारी भइरहेको बताए। पूर्व–पश्चिम रेल सेवा सञ्चालनको तयारीमा सरकार रहेको बेला रुपैडिहाबाट भारतसम्मको रेलको सञ्जाल बिस्तार हुनसक्नेतर्फ औल्याए।

भेरी यातायात प्रा.लि.का अध्यक्ष राजेन्द्र गिरीले विगत केही वर्षअघिदेखि कपिलवस्तु–दाङ–नेपालगन्जहुँदै दिल्लीसम्म पर्यटक बसका रुपमा बस सेवा सञ्चालन गरिए पनि नेपाल–भारत सरकारबीच भएको सहमति अनुसार पहिलो पटक औपचारिक रुपमा नियमित बस सेवा सञ्चालन भएको जानकारी दिए।

उनले निकट भविष्यमा नै नेपालगन्ज–हरिद्वार र नेपालगन्ज–लखनउसम्मको बस सेवा पनि सञ्चालनको तयारी रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.