हत्याअभियोगमा मेयरले 'सफाई' पाउँदा सार्वजनिक बिदा !

हत्याअभियोगमा मेयरले 'सफाई' पाउँदा सार्वजनिक बिदा !

गौर : रौतहटको कटहरिया नगरपालिकास्थित जनता माविको प्रांगणमा शनिबार बिहानैदेखि चहलपहल सुरु भयो । शनिबार पनि स्कुलमा मान्छे देखेपछि धेरै दंग परे ।

यस्तैमा कोही माला किन्न दौडिँदै थिए । कोही मन्च नै बनाउन थाले । केही स्थानीय बासिन्दा र नेकपाका अगुवा कार्यकर्तालाई मात्रै थाहा थियो कि, यहाँ नगरपालिकाकै मेयर सियाराम कुश्वाह आउँदै छन् ।

जो गत वैशाखदेखि हत्या अभियोगमा जेल परेका थिए । दिउसो भने अचानक हेलिकप्टरमै उडेर आइपुगेपछि स्थानीय दंग परे । यतिन्जेल उनलाई स्वागत गर्न नगरवासीको भीड भइसकेको थियो ।

शनिबार दिउसो २ बजेतिर उनी हेलिकप्टर चढेरै आफ्नो नगरपालिका कटहरिया आइपुगेका हुन् । सयौं स्थानीयको भीडबीच जनता माविकै प्रांगणमा उनी हेलिकप्टरबाट अवतरण गरेका थिए ।

उनी आउने सुचना पाएपछि नै स्थानीय तथा उनका कार्यकताहरु बिहानैदेखि विद्यालयको चौरमा भेला भइसकेका थिए । यस क्रममा जेलबाट छुटेर आएका कुश्वाहलाई स्थानीयले भव्य स्वागत गरेका हुन् । लामो माला, फूलका गुच्छा सहित, मञ्च नै बनाइएको थियो ।

विद्यालय नै बन्द
कुश्वाहको स्वागत र सम्मानकै लागि भन्दै नगरपालिका भित्रका सामुदायिक स्कुलहरुमा आइतबार सार्वजनिक विदा दिइएको छ । उनलाई स्वागतकै क्रममा यस्तो घोषणा गरिएको थियो । पछि नगरपालिकाले सूचना नै निकालेर विदाको घोषणा गरेको छ। 

नगरपालिकाका कर्मचारीहरुले यस्तो जानकारी गराएका थिए । साथै यहाँका सबै सरकारी कार्यालय बन्द गरिने बताइएको छ । कार्यक्रममा मेयर कुश्वाहले बोल्दै आफू प्रतिगामीको षड्यन्त्रबाट छुटेर आउन सफल भएको दावी गरेका थिए ।

विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि कुश्वाह जेल परेका थिए । उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि  सिआइवीको टोलीले गत बैसाखमा काठमाडौंबाट पक्राउ गरी जेल चलान गरेको थियो ।
तर सर्वोच्च अदालतले उनलाई शुक्रबार सफाइ दिएपछि जेलमुक्त भएका हुन् ।

साथमा थिए सांसद
काठमाडौंबाट शनिबार हेलिकप्टरमै गाउँ पुगेका कुश्वाहको साथमा थिए संघीय सांसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह । कुश्वाह नेता साहका विश्वासपात्र समेत मानिन्थे । सँगै प्रदेश सभा सदस्य कुन्दन कुश्वाह समेत स्वागतमा रौतहट आएका थिए ।

यस क्रममा नेता प्रभु साहले अभिभावक विहिन भएको नगरपालिकाले न्याय पाएको र आगामी दिनमा कटहरियाले विकासको गति लिने दावी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.