सदनलाई सहजरूपमा सञ्चालन गर्ने दायित्व राजनीतिक दलको पनि हो : सभामुख घिमिरे

सदनलाई सहजरूपमा सञ्चालन गर्ने दायित्व राजनीतिक दलको पनि हो : सभामुख घिमिरे
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन भएको छ।

सिंहदरबारमा मंगलबार बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको थियो भने सत्तापक्ष दलहरूले भने कुनै एक व्यक्तिलाई मात्रै केन्द्रित गरेर छानबिन समिति बनाउन नसकिने जवाफ दिएको थियो।

बैठकपछि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताए। उनले समस्याले सदनलाई अवरोध गर्नु नहुने भन्दै आगामी अधिवेशन सहजरूपमा चल्ने विश्वास व्यक्त गरे। 

सदनलाई सहजरूपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसदलाई समस्याको समाधान गर्ने थलोका रूपमा अगाडि बढाउने उनले बताए। उनले संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरूले नै समस्या समाधानका लागि पहल गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.