गाउँमा गाडी पुगेपछि स्थानीयले गरे चालकको पूजा

गाउँमा गाडी पुगेपछि स्थानीयले गरे चालकको पूजा

सिमकोट : आँगनमै गाडी गुडेको हेर्ने दिन कुरेको वर्षौ बितेको बताउने खार्पुनाथ गाउँपालिका- ५ की ४५ वर्यीया पुष्पा शाही शनिबार (हिजो) जीवनमै खुसी मिलेको बताइन्। राष्ट्रिय सडक सञ्जालमा समाहित नभएको विकट दुर्गम हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोटदेखि सुरु भएको कर्णाली कोरिडोरकाको ट्रयाक खोलेसँगै गाडी आफ्नै आँगनमा गुडेको देखेपछि पुष्पासँगै प्राययांचुवासी खुशी भएका छन्।

गएको एक दशकदेखि गाडी आउने कुरा सुनेपनि आँगन अघिबाट गाडी पुगेको देखेपछि हातमा दुवो लिएर गाडीका चालकलाई पुज्दै भनिन्, 'तुमी (तपाई) त देउता (देवता) भयौ, जल्ले (जसले) वर्षौको गाडी हेर्ने सपन पूरा गरिदियौं।'

कर्णाली करिडोरको सडकखण्ड अन्र्तगत खार्पुनाथ मन्दिरदेखि याँक्चुसम्मको ट्रयाक खुलेर पहिलो पटक आँगनमा गाडी गुडेको देखेपछि पुष्पाजस्तै यांचुका स्थानीयवासिन्दा निकै खुशी देखिए।

'घर बाहिर निस्कने बित्तिकै नजिकै देखिने सदरमुकाम सिमकोट पुग्न ४ घण्टा पैदल हिँड्नुपर्नेमा अब गाडी चढेर एकै घण्टामा पुग्न सकिनेभयो, 'यांचुका स्थानीयकुम्मेर शाहीले भने, 'नेपालगञ्ज, काठमाडौं पुग्न नपाए पनि अब सदरमुकामसम्म त गाडी चढेर जान पाइने भयो।'

 
ट्रयाकसँगै घरमा गाडी पुगेपछि बिरामीलाई सिमकोट जिल्ला अस्पताल लान सहज हुने स्थानीयले बताए। निकै लामो समयको पर्खाईपछि आँगनमा पुगेको गाडीले सदरमुकाम सिमकोट आउजाउ गर्न र सामान ओसार पसारमा ठूलो राहत मिलेको स्थानीयले बताए।

'सिमकोट जाँदा पिठ्युको भारीले अब छुटकारा पाउनेभयो, खार्पुनाथ ५ कै धने कामीले अन्नपूर्णसँग भनिन्, 'अब बिरामीले अकालमा बाटोमै ज्यान गुमाउनु पर्दैन।' कर्णाली करिडोर अन्तरगतको ट्रयाक खोल्ने कामले आफ्नो गाउँपालिमा गाडी पुगेपछि त्यसले गाउँपालिकाका आन्तरिक सडक मार्ग निर्माणको योजना खार्पुनाथ गाउँपालिकाले अघि सारेको छ। 

अब गाउँपालिकाको केन्द्र यांचुमा गाडी पुग्यो खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले भने, 'यांचुबाट हाम्रा सबै वडामा पुग्ने सहायक सडक निर्माणको कार्यमा अब गाउँपालिका लाग्नुपर्छ।'

खार्पुनाथ मन्दिरबाट सुरु गरिएको सडक खन्ने काम याङ्चु बगरसम्म सकिएसँगै गाडी समेत पुगेपछि सिमकोटसम्म नियमित यातायात सेवा सञ्चालन गर्ने खार्पुनाथ यातायात हुम्लाले बताएको छ। गत वर्ष सदरमुकामसिमकोटदेखि खार्पुनाथ दोभानसम्म १२ किलोमिटर ट्रयाक खोल्ने काम पूरा भएसँगै खार्पूनाथ यातायातका नाममा एक दर्जन सवारी साधन  संचालनमा आएका छन्। खार्पुनाथ यातायातका अध्यक्ष लोकजङ शाहीले अब यांचुदेखि सिमकोटसम्म सवारी साधन सञ्चालन गर्ने बताए।

कर्णाली कोरीडोर अन्तरगत खार्पुनाथदेखि छारेसम्मको २२ किलो मिटरमध्ये यांचुसम्मको ४ किलोमिटर काम पूरा भएको हिल्सासिमकोट सडक आयोजनाका प्रमुख इन्जिनीयर शशांक मिश्रले बताए। उनका अनुसार आगामी असार मसान्तसम्म २२ किलोमिटर ट्रयाक खन्ने काम पुरा हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.