२३३ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

२३३ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

बिर्तामोड : पूर्वी नाका काँकडभिट्टालाई मुख्य द्वार बनाएर नेपालका विभिन्न जिल्लामा ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर पुग्ने गरेको खुलेको छ। झापा प्रहरीले झापाबाट हालसम्मकै ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित बिक्री वितरणमा  संलग्नलाई पक्राउ गरेसँगै उक्त कुरा खुल्न आएको हो। 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट सूचना प्राप्त भएपछि झापा प्रहरीले अनुसन्धान गर्दा शनिबार दिउँसो ३१ ग्राम ब्राउन सुगरसहित पाँचथर फाल्गुनन्द गाउँपालिका १ नवमिडाँडा घरभई झापा दमक ६ मा डेरा बस्दै आएका संग्रामसिंह आङ्देम्बे (लिम्बू) लाई पक्राउ गरेको हो।

मे १० प ६३० नंबरको बुलेट मोटरसाइकलमा सवार उनको साथबाट ३१ ग्राम ब्राउन सुगर, लागूऔषध तौलन प्रयोग गर्ने पकेट डिजिटल तराजु १ थान समेत बरामत भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले बताए । 

इलाका प्रहरी कार्यालय बिर्तामोड र काँकडभिट्टाबाट अनुसन्धानका लागि खटिएको प्रहरीले लिम्बूलाई बिर्तामोड ५ बाट पक्राउ गरेको प्रमुख ढकालको भनाई छ।नियन्त्रणमा लिएर लिम्बूलाई अनुसन्धान गर्दा ताप्लेजुङ थुम्बेदिन घर भई हाल अर्जुनधारा नगरपालिका १० झापामा डेरा बस्ने भीमबहादुर अधिकारी सोही स्थानकी ओममायाँ खतिवडा अधिकारी र कचनकवन २ की रेवतीमायाँ डाँगीबाट खरिद गरी बिक्रीका लागि ल्याएको बताएपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका चारजनालाई आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा सार्वजनिक गरिएको छ।पक्राउ परेका अधिकारी र डाँगीको कोठाबाट पनि २ सय २ ग्राम ब्राउन सुगर प्रहरीले बरामत गरेको छ। उनीहरुबाट ब्राउन सुगर खरिद गरेर अन्यले देशका विभिन्न स्थानमा पुर्‍याउने गरेको प्रहरीको दावी छ।

अधिकारी र डाँगीको कोठाबाट प्रहरीले तीन थान मोबाइल, १३ हजार नगदसमेत बरामत गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी कृष्ण प्रसाद कोईरालाले बताए। अधिकारी र डाँगी लागूऔषध भारतका विभिन्न स्थानबाट नेपाल भित्राउने र झापामा गोदाम राखी अन्य स्थानमा बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कोईरालाले बताए।

प्रहरीले अनुसन्धानका क्रममा उनीहरुको किचनमा राखिएको दूध तताउने भाँडोभित्र प्लाष्टिकमा प्याक गरिएको अवस्थामा राखिएको २ सय २ ग्राम ब्राउन सुगर फेला परेको थियो। कुनै पनि समय प्रहरीले छापा मार्ने आशंकामा उनीहरुले दूधको भाँडामा लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ।

ब्राउन सुगर नेपालका विभिन्न जिल्लामा प्रयोग कर्ता र बिक्रीमा संलग्नले फरक फरक मुल्यमा विक्री वितरण गर्दै आएको र शनिबार झापाबाट बरामत गरेको ब्राउन सुगर करिब १५ लाख रुपैयाँ बराबरको भएको प्रहरीको दावी छ। झापाका प्रहरी प्रमुख ढकालका अनुसार झापामा प्रति ग्राम ३ हजार र काठमाडौंमा ५ हजार रुपैयाँ सम्ममा ब्राउन सुग्गरको बिक्री हुने गरेको छ। 

पक्राउ परेका चारजनालाई जिल्ला अदालत झापाबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार पच्चीस ग्रामदेखि १ सय ग्रामसम्मको कारोबार गर्नेलाई दश वर्ष देखि १५ वर्ष सम्मको कैद र ७५ हजार देखि २ लाख रुपैयाँ जरिवानासम्मको कानुनी प्रावधान छ। यस्तै एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्ष कैद देखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.