निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

कञ्चनपुर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताएका छन्।

महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताए। शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आइतबार छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताए।

यस घटनामा निकै गहनरुपमा अनुसन्धान भइरहेको उनले बताए। प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उनले बताए। 'प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ' उनले भने, 'केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.