विद्यालयको कक्षामा मुख्यमन्त्री

विद्यालयको कक्षामा मुख्यमन्त्री

तुलसीपुर : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘विद्यालयमा एक दिन÷कक्षा कोठामा एक दिन अभियान सुरु गरेका छन्। तुलसीपुर उपमहानगरपालिका–७ स्थित मावि कालाखोलाको कक्षा १० मा करिब ९० मिनेट कक्षा लिएर मुख्यमन्त्रीले यो अभियान सुरु गरेका हुन्।

उनलाई प्रदेशसभा सदस्य उत्तरकुमार वली र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले साथ दिएका थिए। बिहान सवा १० बजे विद्यालयमा पुगेका मुख्यमन्त्रीले कक्षा १० ‘ए’ मा, नगर प्रमुखले कक्षा १० बी मा र प्रदेशसभा सदस्य उत्तरकुमार वलीले कक्षा आठबाट एकसाथ अभियान सुरु भएको जनाए।

समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पोखरेलले बताए। सामुदायिक विद्यालयको अवस्था सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने भन्दै सबैले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

तुलसीपुर उपमहानगरपालिकाबाट सुरु भएको यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पुर्‍याइने पोखरेलले बताए। उनले अभिभावक वर्षमा एक पटक विद्यालय आउने र पढाउन सक्ने, बालबालिकाको उपलब्धि हेर्न सक्ने अभियान बन्नुपर्ने बताए। अभिभावक विद्यालय आएमा विद्यालयलाई व्यवस्थित गर्न अपनत्व महसुस हुने उनको भनाइ छ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तर वृद्धि गर्न यो कार्यक्रमले सहयोग पुग्ने बताए। सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षणको केन्द्र बनाउनु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ।

कार्यक्रममा विद्यार्थीसँग अन्तरक्रिया तथा संवादसमेत गरिएको थियो। विद्यार्थीले पढाइ तथा समसामयिक विषयवस्तुबारे मुख्यमन्त्रीसँग जिज्ञासासमेत राखेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.